मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 4.00/5.00)
Text size:-
+
-

`क्लासिक`को `हारें हारें` (अडियो सुन्नुहोस्)

फिल्मीखबर, काठमाडौं, 2015/12/01
फिल्म 'क्लासिक'को निर्माण यूनिटले एक वियोगान्त गीतको अडियो सार्वजनिक गरेको छ । युटुबमा सार्वजनिक भएको 'हारें हारें' गीतले फिल्मको कथालाई चित्रित गर्नेछ ।
 
म्यूजिक लभ स्टोरी यो फिल्ममा आर्यन सिग्देल र नम्रता श्रेष्ठको मुख्य भूमिका छ । सुवास गिरी इन्टरटेन्मेन्ट र आर्यन सिग्देल इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा यो फिल्मको निर्माण गरिएको हो । आँखा देख्न नसक्ने दुई पात्रको प्रेम कथामा यो फिल्म निर्माण भएको छ ।
 
फिल्ममा वियोगान्त, रोमान्टिक गीत समावेश छन् । संगीतकार ताराप्रकाश लिम्बुले भने-'यसअघि `नोभेम्बर रेन`का गीत दर्शकले मन पराइदिएपछि हामीलाई 'क्लासिक'का गीत अझ उत्कृष्ट बनाउने चुनौती थियो । जसअनुसार काम गर्ने प्रयास गरेका छौ ।'
 
सार्वजनिक गीतमा ताराप्रकाश लिम्बुको संगीत, दिनेश राउतको शब्द र यूवराज चौलागाइको स्वर छ । 'नोभेम्बर रेन'को 'तिमीलाई म के भनु' बोलको गीतमा ताराप्रकाश र यूवराजले एकाएक चर्चा पाएका थिए ।
 
माघ २९ गतेबाट यो फिल्म देशभर प्रदर्शनमा आउनेछ । फिल्मको गीत अनुसार भिडियो पनि तयार भएको कोरियोग्राफर रेनशा वान्तवा राईको भनाई छ ।