Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

फेसबुकमै मिल्यो रेखाको पुलिस केस

फिल्मीखबर, काठमाडौं, 2015/12/02
खोटाङमा हुने भनिएको एक कार्यक्रममा जाने भनेर पैसा लिईसकेपछि नगएको भन्दै नायिका रेखा थापा बिरुद्ध परेको ठगी आरोपको मुद्धा फेसबुकबाट साम्य भएको छ । दुबै पक्षले आ-आफ्नो गल्ती स्विकार गर्दै फेसबुकमा स्टाटस लेख्ने सहमती भएपछि रेखा बिरुद्ध प्रकाश पुरीले खोटाङ प्रहरीमा दायर गरेको मुद्धा फिर्ता भएको हो ।
 
योसँगै सबै विवाद साम्य भएको प्रकाशले फिल्मीखबरलाई बताए । 'मुद्धा दर्तापछि रेखाजीसँग छलफल भईरह्यो र अन्त्यमा फेसबुकमा गल्ती स्विकार गर्दै स्टाटस लेख्ने सहमतीमा हामीले मुद्धा फिर्ता लिएका हौँ’ प्रकाशले भने- 'आउँछु भनेर पनि नआई खोटाङबासीलाई झुक्याएकोमा रेखाजी क्षमा बोल्नुभएको छ ।'
 
सहमती अनुरुप प्रकाशले कार्यक्रम ‘नमस्ते खोटाङ’मा रेखा थापा आउने भनेर आफुहरुले प्रचार गरेपनि रेखाले लिखित करार नभएसम्म आउँदिन भन्ने प्रोफेसनल अडान लिएको र सो करार हुन नसकेको तर प्रोमोमा आफ्नै आग्रहले बोलेको फेसबुकमा लेखेका छन् । रेखा खोटाङ जाने नजाने विषयमा दुई पक्षिय सहमती नै नभई मौखिक सहमतीको आधारमा मात्रै प्रक्रिया बढेको भन्दै यसमा रेखाको दोष नभएको समेत उनले स्विकार गरेका छन् ।
 
त्यस्तै सोही स्टाटसमा कमेन्ट गर्दै रेखाले पनि आउँछु भनेर खोटाङबासीलाई सन्देश पठाएपनि कारणबस आउन नसकेको भन्दै अर्को कुनै अवसरमा समय अनुकुल हुँदा आफु खोटाङ पुग्ने लेखेकी छिन् ।
Most Visited News (monthly)