मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

२ बर्षपछि बिनिताको `सुपरहिट`

फिल्मीखबर, काठमाडौं, 2015/12/02
चपली गर्ल बिनिता बराल स्टारर फिल्म 'सुपरहिट' माघ २२ मा रिलिज हुने भएको छ । निर्माणको करिब २ बर्षपछि फिल्म युनिटले यो फिल्मको टिजर सार्वजनिक गर्दै प्रदर्शनी मिति सार्वजनिक गरेको हो । 

 
यो सँगै फिल्मको पोस्टर तथा टिजर समेत सार्वजनिक गरिएको छ । मंगलबार आयोजित पत्रकार भेटघाट समारोहका बीच फिल्मको टिजर तथा पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरियो । 
 
'चपली हाईट' जस्तो हिट फिल्ममा देखिएकी बिनिता त्यसपश्चात 'फूलस्टप' नामक फिल्ममा देखिएकी थिईन् । तर 'फूलस्टप'को बिजनेश नै फूलस्टप भएपछि उनका अन्य फिल्म दर्शकमाझ आएका थिएनन् ।
 
हाल अमेरिकामा कृषी सम्बन्धी अध्ययनको क्रममा रहेकी बिनिताले छायाँकनपछि बर्षदिन जसो यो फिल्मको प्रचार गरिन् । तर, उनको प्रचारलाई महत्व नदिएर निर्माण टिमले रिलिज मिति नै सार्वजनिक नगरेपछि उनले पनि आशा मारेकी थिईन् । 
 
निर्माण टिमले भने अहिले पनि यो फिल्मको प्रचारको लागी बिनिता अमेरिकाबाट नेपाल आउनेसम्म दाबी गरेको छ । यो फिल्ममा बिनितासँगै दिव्यदेव, महेश श्रेष्ठ तथा सुदाम श्रेष्ठको लिड अभिनय छ ।