Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ओरालो लाग्यो रणविर र दीपिकाको `तमाशा`

एजेन्सी, मुम्बई, 2015/12/01
गत शुक्रबार रिलिज भएको रणविर कपुर र दीपिका पादुकोण स्टारर 'तमाशा'को बिजनेशमा एक्कासी गिरावट आएको छ । पहिलो दिन ११ करोड आसपास तथा दोश्रो दिन १३ करोड र तेस्रो दिन १४ करोड १२ लाखको बिजनेश गरेको यो फिल्मले चौथो दिन त्यसको आधा पनि बिजनेश गर्न सकेन । 
 
फिल्मले रिलिजको चौथो दिन सोमबार जम्मा ५ करोड ७ लाखको बिजनेश गरेको हो । यो बिजनेशले गर्दा सय करोड पुग्ने आंकलन गरेका बलिउड पण्डितहरु फेल खाने निश्चित देखिएको छ । फिल्मको चार दिनको कुल कलेक्शन ४३ करोड ३० लाख पुगेको छ । यदधपी निर्माण टिमले सफलता सम्झिँदै सक्सेस पार्टी भने दिईसकेको छ ।
 
ईम्तियाज अली निर्देशित यो फिल्मको माउथ पब्लिसिटी बलियो नभएकोले नै बिजनेशला गिरावट आएको हो । यो कलेक्शनलाई मुल्यांकन गर्ने हो भने फिल्मले ५० करोड को बिजनेश आंकडा पुरा गर्न अझै दुई/तीन दिन पर्खिनपर्ने छ ।
Most Visited News (monthly)