मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रियंकालाई अनुहार देखाउन मात्र किन रुची ?

फिल्मीखबर, काठमाडौं, 2015/12/02
अभिनेत्री प्रियंका कार्की अहिले सर्वाधिक चर्चामा छिन् । उनको हातमा अभिनेत्रीको रुपमा थुप्रै फिल्म छन् । तर, प्रियंका भने फिल्ममा अनुहार मात्र देखाउनका लागि लालयित देखिएकी छिन् । 
 
कतै आइटम गीतमा मात्र अनुहार देखाउने प्रियंका कतै स-साना भूमिका भएपनि गरिरहेकी छिन् । प्रियंकाले फिल्म 'लुटेरा'मा आइटम नृत्य गरिन् । फिल्मले सफलता पाएपनि आइटम गीतले सोचेजस्तो सफलता पाएन । 
 
देशकी सर्वाधिक चर्चित अभिनेत्री 'कबड्डी कबड्डी' फिल्ममा पनि छोटो भूमिकामा देखिएकी छिन् । अभिनेत्री कार्की यो फिल्ममा छिन् भन्ने दर्शकले हलमा गएर फिल्म हेरेपछि मात्र थाहा पाउछन् । उनले फिल्म भित्र अभिनेता सौगात मल्लको प्रेमिकाको भूमिकामा काम गरेकी छिन्, जुन भूमिका साह्रै छोटो छ । 
 
पर्दामा झल्याक झुलुक देखिन प्रियंकालाई किन रहर लाग्यो ? यो उनले नै वुझ्ने कुरा हो । एक चर्चित अभिनेत्री भैसकेपछि उनको फिल्म दर्शकका लागि प्रतिक्षामा हुनुपर्छ । अभिनेता राजेश हमालले पनि फिल्ममा २ मिनेट मात्र टाउको देखाउँदा दर्शकको चाहनाबाट बञ्चित हुँदै गए । 
 
हुनत, प्रियंकाले मित्रताको सम्बन्धदेखि हिट हुनुको फाइदा पनि उठाएको हुनसक्छ । तर, अतिथी भूमिकामा धेरै देखिदा मुख्य भूमिकामा काम गरेका फिल्म खल्लो हुने हुन् कि ?