Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 15751 - 15756 of 23745
एजेन्सी, मुम्बई, 2015-07-19, आईतवार

बलिउड अभिनेता अमिर खान र सलमानको मित्रताका बारेमा त दुनियाँलाई थाहा छ । सलमान र शाहरुखको झगडा पर्दा आमिरले सलमानको पक्षमा लागेर शाहरुखको मान मर्दन गर्न कुनै कसुर छाडेका थिएनन् । त्यसैले आमिरको फिल्म रिलिज हुँदा सलमानले प्रमोट गर्ने र सलमानको फिल्म रिलिज हुँदा आमिरले प्रमोट गर्ने सिलसिला पूरानै हो ।

फिल्मीखबर, काठमाडौं, 2015-07-19, आईतवार

नेपालीमा एउटा चर्चित उखान छ ,‘नानी पाउनु कैले कैले कोक्रो बन्नु अहिले’ । उखानको अर्थ हो काम सुरु गरेपछि मात्र यसका बारेमा गफ गरेको राम्रो । यही उखान आजभोलि हाम्रो फिल्म उद्योगसँग दुरुस्त मेल खान जान्छ । आजभोलि निर्माताहरु फिल्मको नाम राख्न पाएको छैन रिलिज डेट घोषणा गर्न तम्सन्छन् ।  यस्तो लाग्छ नेपाली फिल्मका निर्माताहरुलाई फिल्म बनाउन भन्दा पनि चलाउन हतारो छ । परिणाम निस्कन्छ  – फिल्म फ्लप  निर्माता गायब ।

फिल्मीखबर, काठमाडौं, 2015-07-19, आईतवार

भुकम्पको समयमा पशुपति आर्यघाटमा पुगेर केही मृतकको शव जलाउन सहयोग गरिरहेकी अभिनेत्री रेखा थापा यसपछि एकाएक अमेरिका हानिइन् । रेखा अमेरिका हानिनुको मुख्य कारण उनले रामेछापमा पक्की घर बनाउन राहत ल्याउनु थियो । रेखा अमेरिका हानिएपछि उनले संचालन गर्दै आएको रेखा थापा फाउन्डेशन महासचिव सविर श्रेष्ठले चलाइरहेका छन् । उनकै हातबाट केही फिल्मीकर्मी र केही पत्रकारलाई राहत पनि वितरण गरिएको थियो ।

फिल्मीखबर, काठमाडौं, 2015-07-19, आईतवार

चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राइले भन्दै आएको बक्स अफिस लागूको कार्यन्वयन केही पछि सरेको छ । तर, उनले अहिले ई टिकटिङ सिस्टम लागू गर्ने निर्णय गरेका छन् । कात्तिक १ गतेबाट काठमाण्डौ, भक्तपुर र ललितपुरका सबै हलले यो सिस्टम जडान गर्नुपर्नेछ । केही मल्टिप्लेक्सलाई छाड्ने हो भने अधिकांश हलमा यो सिस्टम छैन ।

फिल्मीखबर, काठमाडौं, 2015-07-18, शनिवार

म्युजिक भिडियोबाट फिचर फिल्ममा प्रवेश गरेकी प्रकृति श्रेष्ठ फेरि एक पटक भिडियोमा देखिएकी छिन् । प्रकृतिलाई निर्देशक सुरेश दर्पण पोखरेलले पुनः एक पटक म्युजिक भिडियोको अभिनयमा फर्काएका हुन् । बिहे गरेर हाल अष्ट्रेलियाको मेलबर्न सहरमा रहेकी प्रकृतिलाई दर्पणले सोही ठाउँमा भिडियो खिच्दै मोडलको रुपमा अभिनय गराएका हुन् ।

फिल्मीखबर, काठमाडौं, 2015-07-17, शुक्रवार

असोज १ गतेलाई प्रदर्शन मिति तोक्दै फिल्म वडा नम्बर ६ को एक गीत सार्वजनिक गरिएको छ । वाइयात लभ बोलको गीत सार्वजनिक गर्दै यसको निर्माण यूनिटले कार्यक्रमको आयोजना गरेको हो ।

Results : 15751 - 15756 of 23745
Most Visited News (monthly)