Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दिपकले दिपा बिना अधुरो छु भनेपछि...

फिल्मीखबर, काठमाडौं, 2015/12/05
नेपाली हाँस्य कलाकारिता होस् या सिरियल या फिल्मी दुनियाँ, दिपकराज गिरी र दिपाश्री निरौलाको जमेको जोडीलाई नचिन्ने बिरलै होलान् । पर्दामा सबैभन्दा बढि जमेको जोडीमा सायदै एक नम्बरमा पर्छ । 
 
 
बर्षौदेखि टेलिसिरियलहुँदै स्टेज कार्यक्रममा सँगसँगै देखिने यो जोडी फिल्म क्षेत्रमा पनि आयो र सफलता कमायो । त्यसैले त एकले अर्को बिना यात्रा अधुरो रहने बताउँछन् । शुक्रबार साँझ पनि यस्तै भयो । फिल्म 'वडा नम्वर छ'को सफलता साँझमा दिपकले मञ्चबाट दिपाबिना अधुरो छु बोले अनि हल तालीले गुञ्जाएमान भयो ।
 
कार्यक्रमको सुरुवातमा नै फिल्म युनिटको परिचय गराउन स्टेजमा बोलाउने क्रममा दिपकले 'अब यस्तो मान्छेलाई बोलाउँदै छु जो बिना मेरो यात्रा अपुरो छ । म अपुरो छु' भन्दै दिपालाई स्टेजमा बोलाए । त्यसपश्चात सधैंजसो हँसिलो मुद्रामा रहने दिपा मुस्कुराउँदै स्टेजमा चढिन् ।
 
त्यसपश्चात स्टेजमा बरिष्ट कलाकार मदनकृष्णको हातबाट मायाको चिनो वितरण कार्य थालेपछि उद्घोषक बनेका दिपकलाई दिपाले चुम्बन दिन भुलिनन्, त्यसबेला पनि हलमा ताली र हुटिङ देखियो ।
 
बर्षौदेखि सहकार्य गर्दै आएका यी दुई कलाकार पर्दा र स्टेजका मात्र जोडी हुन् । दिपक बिबाहित हुन् भने दिपा अझै पनि अबिबाहित छिन् । एकपछि अर्को सफलता हात पार्दै सहकार्यमा रहेको यो जोडीको यात्रा कहिलेसम्म निरन्तर रहन्छ त्यो समयले बताउला । हेरौं दिपक दिपा बिना कहिलेसम्म अधुरो रहन्छन् !
Most Visited News (monthly)