Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

`बागमती`को लागि जे गर्न पनि तयार - राजेश हमाल

फिल्मीखबर, काठमाडौं, 2015/12/05
तिहार मनाउन अमेरिका हानिएका महानायक राजेश हमाल बिहीवार मात्रै नेपाल फर्केका छन् । नेपाल फर्किनासाथ हमालले प्रदर्शोन्मुख फिल्म 'बागमती' निर्माण युनिटलाई भेटे र उनको कमब्याक भनेर प्रचार गरिएको यो फिल्मको लागी आफ्नो तर्फबाट हर कदम सहयोग रहने बचन समेत दिए । 
 
 
शुक्रबार हमालसँगको छलफलपछि निर्माता तथा प्रस्तुतकर्ता दिनेश दर्शनधारीले फिल्म पब्लिसिटीको लागी आफ्नो पुर्णतमः साथ र सहयोगको आश्वासन हमालले दिएको बताएका छन् । 'उहाँसँगको भेटघाटपछि फिल्मको प्रचारको लागी थप उर्जा मिलेको छ, अब अन्य कलाकारहरुसँगै महानायकज्यू पनि प्रचारमा सँगसँगै देखिनुहुनेछ', दर्शनधारीले सुनाए। 
 
साथै आफू अमेरिका रहँदा समेत त्यहाँ रहेका नेपालीहरुले छिटो नेपाल फर्केर बागमतीको प्रचारको लागी उत्रिन आग्रह गरेको समेत हमालले खुलाएका छन् । अमेरिका रहँदा 'बागमती'को बारेमा धेरैले चासो व्यक्त गरेको भन्दै फिल्मलाई दर्शकको साथ मिलाउनको लागी हर कोशिष गर्ने समेत उनले बचन दिएका छन ।
 
पौष २४ रिलिज मिति तय भएको यो फिल्मलाई सुरुवाती दिनबाट नै 'महानायकको कमब्याक' स्लोगन सहित प्रचार गरिएको छ भने साउथ ईण्डियन निर्देशक सन्नि केराला निर्देशित यो फिल्म आफ्नो अहिलेसम्मकै फरक अभिनय र प्रस्तुतीमा बनेको भन्दै हमालले पनि यसअघी नै 'बागमती'को लागि आफू पुर्णतः लागीपर्ने बताउँदै आएका छन् । 
 
एकसमय राजेश हमालको नाम लिएपछि फिल्म चल्थ्यो, तर अहिले त्यो अवस्था छैन । त्यसैले पनि हमालको पुनरागमनको रुपमा लिईएको यो फिल्मप्रति उनको ठुलो आशा पक्का हुनसक्छ । 
 
त्यसो त कुनै सार्वजनिक ठाउँ होस् या सभा सम्मेलन, हमाल जहाँ उभिन्छन्, त्यहाँ उनका फ्यान तथा सुभचिन्तकहरुले घेरीहाल्छन् । त्यसैले पनि हमालको उपस्थिती 'बागमती' युनिटलाई प्रचारप्रसारमा बलियो खम्बा बन्नसक्छ । 
 
तर, समयको त्यति ख्याल नगर्ने हमाल बचनमा पनि खासै अडिग देखिँदैनन् । प्रतिबद्धता जनाए झैँ उनी प्रचारमा मरिमेटेर लाग्छन् या गफलाई गफमै सिमित गर्छन्, त्यो केहि पछि थाहा होला । निर्माण युनिटलाई बचन दिन जति सजिलो छ, मैदानमा उत्रेर फिल्म हेर्न दर्शक बोलाउन त्यती नै गार्हो पर्नसक्छ हमाल ज्यू !
Most Visited News (monthly)