'लुट' फिल्मका 'हाकु काले' सौगात मल्ल दर्जनौं फिल्मपछि त्यस्तै नयाँ पात्र बमकाजी बनेर 'कबड्डी कबड्डी' मार्फत पर्दामा आएका छन् । अनेकन फिल्मको फ्लप ट्याग हट्दै उनको अभिनय रहेको 'कबड्डी कबड्डी' हिट बनेर उनलाई पुनः हिट फिल्मको कलाकार बनाईदियो ।
तर, फिल्म हिट हुँदा 'बमकाजी' हिट भए त ? सौगात चलेकी 'कबड्डी कबड्डी' चल्यो ? नयाँ प्रश्न उब्जेको छ । हो, कमेडी जनराको यो फिल्म हलमा आयो, दर्शकले हल खचाखच भए त्यसपश्चात निर्माता निर्देशक मात्र हैन कलाकारहरुले पनि राम्रै खुसी मनाए ।
तर, यो भन्दा पहिले 'कबड्डी' सिक्वेल कसका कारण चल्यो त्यो कुरा पहिला आउँछ । आम दर्शकको मनोभावनालाई नियाल्ने हो भने कोही सौगात मल्लहरुको कारण यो फिल्म चलेन । दर्शकले पहिलो संस्करण हेरिसकेपछि राखेको दोश्रो संस्करणको ईच्छा अनि रिलिज अगावै सार्वजनिक ट्रेलर, टिजर तथा गीतसंगीतले दर्शकलाई हलमा डोर्यायो । बरु फिल्मका दुई पात्र बिजय बराल र बुद्धी तामाङ (हैट) पात्रको निखार अभिनयले दर्शक तान्यो । अन्य कलाकार छायाँमा परे ।
यो फिल्मममा नायक कोही छैन, पात्र सशक्त छन् । अभिनय सबैको सशक्त छ । त्यसैले आधा दर्जनबढी हिट फिल्म दिएका दयाहाङ राईसँग अर्को हिट फिल्म थपिएपनि 'कबड्डी कबड्डी'को सफलताले सौगातलाई मिलेको राहतको विश्लेषण हुनु सान्दर्भिक हुनसक्छ ।
राम्रो अभिनय कला भएका सौगात लगातार सफल फिल्म दिन असफल भए । उनको कारणले दर्शक हलमा गएनन् । त्यसैले आफ्नो रोल नै सुम्पेर सौगातको करियरलाई राहत दिएका निर्देशक तथा निर्माता निश्चल बस्नेत सौगात अभिनित फिल्मको सफलतापछिका पात्र हुन् ।
निश्चल पात्र परिवर्तन गरेर सानो भूमिकामा देखिएपनि फिल्मकी ’मैयाँ’सँग माया प्रेम गाँस्न पहिलो संस्करणमा मुस्ताङ पुगेका उनले आफ्नो भूमिका सौगातलाई सुम्पेका थिए । सौगातले पनि पाएको भूमिकामा न्याय गरेकै छन् ।
यो फिल्मको सफलताले सौगातलाई ठूलो राहत दिएको छ । तर, 'कबड्डी कबड्डी'को हिट कलाकार भनेर अन्य निर्माता निर्देशकले सौगातलाई नयाँ प्रोजेक्टमा अनुबन्धित गर्ने भन्दापनि उनको पूरानै ’नेचुरल’ अभिनय क्षमता हेरेर लिईन्छ । त्यसैले सौगात करियरमा एउटा नयाँ हिट फिल्म थपिएपनि 'कबड्डी कबड्डी'को ठूलै छलाङ भने मारेको देखिएन ।
यो पनि पढ्नुहोस्

