
ज्यानको बाजी लगाएर भूकम्प पीडितलाई सहयोग गर्न र रमाइलो प्रदान गर्न विभिन्न स्थानमा पुगे, कलाकार जितु नेपाल । कहिले हुस्सु त कहिले पहिरोको जोखिम छिचोलेर नुवाकोटदेखि विभिन्न स्थानमा पुगेका जितुले कतै पनि यसको खबर पढ्न पाएनन् । तर, धादिङमा पुगेपछि जितु, माग्ने बुढा र कोमल वलीलाई प्रहरीले समात्यो भन्ने समाचार पढ्न पाए ।

बलिउड अभिनेता साहरुख खान र अभिनेत्री काजोलको चर्चा सधै नै हुन्छ । यो जोडीले पर्दामा थुप्रै हिट फिल्म दिइसकेको छ । यतिमात्र होइन साहरुख र काजोल राम्रो साथी पनि हुन् ।तर, काजोलकै कारण उनका पति अजय देवगण र साहरुख खानको सम्बन्ध राम्रो छैन पनि भनिन्छ । अजय साहरुखलाई साथी मान्न तयार छैनन् । तर, केही दिन अगाडि साहरुख र अजय वुल्गेरियाको एक रेष्टुरेन्टमा खाजा खादै गरेको अवस्थामा भेटिएका थिए । यसपछि, उनीहरुको सम्बन्ध सुध्रिएको विश्लेषण पनि गरिएको छ ।

फिल्म ‘रावण’ तथा ‘दमदार’का निर्देशक कमलकृष्णमाथि केही भारतीय कलाकारले लाखौ ठगेको आरोप लगाएका छन् । भारतको जागरण पत्रिकाले कमलकृष्णले लाखौ ठगेर भागेको समाचार प्रकाशित गरेपछि उनको ठगी बाहिर आएको हो ।

अभिनेता सविन श्रेष्ठ र अभिनेत्री अनु शाहको प्रेम चर्चा नेपाली फिल्ममा नयाँ होइन । बारम्बार प्रेमको चर्चामा घेरिएपनि सविन र अनु यो कुरालाई नकार्दै आएका छन् । तर, फिल्मीकर्मी भन्छन् अनु र सविनविचको प्रेमको हल्ला गलत होइन ।

बलिउडमा आफ्नो अभिनय र विभिन्न स्क्यान्डलका कारण चर्चामा रहने कलाकार हुन् शक्ति कपुर । शक्तिकी छोरी श्रद्धा कपुर अहिले बलिउडमा चर्चित छिन् । उनले अभिनय गरेका कुनै पनि फिल्म असफल भएका छैनन् ।

निर्देशक दिनेश सिंह ठकुरीको निर्देशनमा तयार हुँदै गरेको चलचित्र ‘स्मोकी सिटी’ को हाल राजधानीको बिभिन्न स्थानहरुमा छायांकन भईरहेको छ । आधुनिक शहरमा हुने गरेका घटनाहरुलाई समेटेर तयार पारेको कथामा सुशिल क्षेत्री र रबिना खड्काको जोडी देख्न सकिन्छ । फिल्म भित्र सुशील क्षेत्रीले अपराधी तह लगाउने युवकको भूमिकामा अभिनय गरिरहेको छन् । हाल फिल्मको द्धन्द्ध दृश्यको छायांकन चलिरहेको छ । सन्तोष ढकाको कथामा तयार हुँदै गरेको यस चलचित्रलाई दिपक सिंह साउदले निर्माण गरेका हुन् ।

