
यही डिसेम्बर १८ मा रिलिज हुने बलिउड फिल्म 'दिलवाले'को लागि अहिले अभिनेता शाहरुख खान त्यसको प्रचार प्रसारमा व्यस्त छन् । यो बीचमा विश्वव्यापी रुपमा हिट बनेको कलर्स टिभीको रियालिटी शो 'बिगबोस'मा शाहरुख पुग्दै छन् । जुन शोको होस्ट अर्का स्टार सलमान खान छन् ।

नवल नेपाल निर्देशित फिल्म 'भाग सानी भाग'ले अष्ट्रेलियाबाट आफ्नो प्रदर्शनको सुरुवात गर्ने भएको छ । चैत्र ५ मा नेपाल रिलिज तोकिएको यो फिल्मको त्यसअघी विदेशका विभिन्न शहरमा प्रिमियर हुने भएको हो ।


आर्यन सिग्देल र नम्रता श्रेष्ठ स्टारर फिल्म 'क्लासिक'को अडियो जुकबक्स रिलिज भएको छ । फिल्मको अडियो सुमधुर सुनिन्छ ।

अभिनेता, निर्माता, निर्देशक भुवन केसी तथा निर्देशक, निर्माता र कलाकर दिनेश डिसी नेपाली फिल्म उद्योगको लागी नयाँ नाम होईन् । केसी र डिसी धेरै फिल्ममा सँगसँगै देखिए । तर अब भने यी दुईबीचको भिडन्त हुने देखिएको छ । डिसी निर्देशित ’फूलैफूलको मौसम तिमीलाई’ र केसी निर्र्दे्शित ‘ड्रिम्स’ एउटै मितिमा भिड्ने पक्का भएको हो ।

जब, कुनै फिल्म हलमा गएर पैसा तिरेर हेर्नुपर्छ, त्यतिबेला दर्शकले आफ्नो विवेक प्रयोग गर्छन् । कुन फिल्म हेर्ने वा कुन नहेर्ने भन्ने अधिकार दर्शकको हो । यसमा कुनै फिल्मीकर्मीले जर्वजस्ती गर्न मिल्दैन । तर, यो कुरा जानेर पनि नेपाली फिल्मका कलाकार र निर्माता कहिले दर्शकलाई त कहिले पत्रकारलाई आरोप लगाएर आफ्नो भडास निकाल्छन् ।

