Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`मस्तीजादे`मा सन्नीलाई २७ बिकिनी

एजेन्सी, मुम्बई, 2015/12/06
बलिउड हटकेक सन्नी लियोन अहिले नयाँ फिल्म `मस्तीजादे`को लागि व्यस्त छिन् । आफ्ना हरेकजसो फिल्ममा बोल्ड तथा कामुक अवतार पेश गर्ने यी अभिनेत्रीको 'मस्तीजादे'मा पनि कामुक अवतार छल्किने फिल्मको नामले नै प्रष्ट्याईसकेको छ । 
 
 
नयाँ खबर यो छ कि, फिल्ममा सन्नी २७ प्रकारका बिकिनीमा देखिनेछिन् । बिकिनी दृश्यले भरिने यो फिल्ममा सन्नीको २७ वटा बिकिनी दृश्य दर्शकले देख्नेछन् । 
 
फिल्मको कथा अनुसार निर्देशकले दुई दर्जनबढी बिकिनी दृश्यको बारेमा सन्नीलाई जानकारी गराउँदा सुरुमा उनी नर्भस भएको बलिउड अनलाईनले लेखेका छन् । यसको कारण थियो, बिकिनी दृश्यको लागी सन्नीलाई फिट हुन तौल घटाउनुपर्ने अबस्था अनि लगातार व्यायामको जरुरी । तर यो सबै व्यवस्थापन गर्ने भन्दै सन्नीले ओके बोलेकी छिन् । 
 
फिल्ममा सन्नीले तुषार कपुर र वीरदाससँग स्कृन सेयर गर्दैछिन् । फिल्मका निर्देशक मिलाप जावेरी हुन् । 'मस्तीजादे' अर्को बर्षको २९ जनवरीमा रिलिज हुने बताईएको छ ।
Most Visited News (monthly)