Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हलिउड नगरीमा ऋचाको `को आफ्नो` प्रिमियर

फिल्मीखबर, काठमाडौं, 2015/12/06
नेपाली फिल्म 'को आफ्नो'को हलिउड नगरीमा प्रिमियर भएको छ । अमेरिकाको क्यालिफोर्नियास्थित बेभर्ली हिलमा भएको रेड कार्पेट प्रिमियरमा केहि नेपाली कलाकर्मीहरु पनि देखिए । मुख्य आकर्षण भने अभिनेत्री ऋचा शर्मा बनिन् । 
 
 
 
 
प्राप्त प्रिमियरको तस्विरमा अभिनेता तथा निर्देशक निर्माताको साथमा देखिएकी ऋचा मन्द मुस्कानमा देखिन्छिन् । यही फिल्मको प्रिमियरको लागि केहि हप्ता पहिले ऋचा अमेरिका पुगेकी थिईन् । रेड कार्पेटमा यी सुन्दरीले अभिनेताहरुसँगको जघटमा सेल्फी खिच्न बिर्सिनन् । 
 
प्रिमियरमा अभिनेता सुशांक मैनाली, सुवास थापा लगायत उपस्थित थिए । अनिल थापा निर्दे्शित यो फिल्मको नेपाल रिलिज फागुन पहिलो साता भनिएको छ । ऋचाको विल्कुलै फरक भूमिका रहेको 'को आफ्नो'मा शान्ती गिरी, मेनका प्रधान, राजन खतिवडा, सुदाम सिके पनि लिड रोलमा छन् ।  फिल्मको कथा निर्देशक थापाको नै हो । 
Most Visited News (monthly)