नन्दिता केसी स्टारर फिल्म 'कैफियत'को रोमान्टिक गीत रिलिज भएको छ । माघ १५ लाई प्रदर्शन मिति तय गरेको यो फिल्मको सार्वजनिक गीतमा नन्दितसँगै शंकर शाही फिचरिङ छन् । गीतमा स्वर उदित नारायण झाको छ ।
अर्जुन पोखरेलले संगीत भरेको 'मन्द मन्द' बोलको गीतको शब्द पनि अर्जुन पोखरेलको नै हो । शब्द तथा म्युजिक सुमधुर सुनिन्छ । फिल्मममा नन्दिता र शंकरसँगै मिथिला शर्मा, नविन श्रेष्ठ, सजना थापा लगायत लिड रोलमा छन् ।
केहि दिन पहिले एक कार्यक्रमका बीच प्रचारप्रसारलाई थालनी गरेको यो फिल्ममाई चिन्तामणी बराल र ध्रुब देवकोटाले संयुक्त रुपमा निर्माण गरेका हुन् । 'कैफियत'मा दशरथ गिरीको निर्देशन छ ।

