Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 15739 - 15744 of 24018
फिल्मीखबर, काठमाडौं, 2015-09-28, सोमवार

कलाकारलाई दुबईमा २४ घन्टा भन्दा बढी समय अलपत्र पारेर बदनाम भएको नेफ्टा आयोजकले थप विवाद खेपेको छ । जुरीले पहिले दिएको  निर्णय विपरित अवार्ड बाँडिएको भन्दै  एक सदस्यले फेसबुकमा स्ट्याटस लेख्दै असन्तुष्टि पोखेका छन् ।

एजेन्सी, मुम्बई, 2015-09-27, आईतवार

भारतीय टेलिभिजनका पर्दामा नम्बर वन बन्न सफल कपिल शर्मा ठूलो पर्दामा पनि नम्बर वन बन्ने बाटोमा छन् । ‘कमेडी नाइट विथ कपिल’ लाई भारतको नम्बर वन शो बनाउन सफल सफल कपिलको डेब्य फिल्म ‘किस किसको प्यार करुँ’ले पहिलो दिनमा १० करोड कमाई गर्दै डेब्यु अभिनेतामा कपिललाई नम्बर वन बनाएको हो ।

फिल्मीखबर, काठमाडौं, 2015-09-27, आईतवार

नेकपा माओवादी संयोजक नेत्रविक्रम चन्द विप्लवको नेतृत्वले नेपालभित्र भारतीय फिल्म, च्यानल तथा विज्ञापनमा रोक लगाउने बताएको छ । आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सोमबारबाट लागू हुने गरी नेपालमा भारतीय फिल्म, च्यानल तथा विज्ञापन रोक्ने घोषणा गरेका हुन् । उनीहरुले भारतीय नम्बरप्लेटका गाडीसमेत चल्न नदिने उद्घोष गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2015-09-27, आईतवार

यसअघि सगरमाथा आरोहण गरेकी निशाले अब तान्जानियाको हिमाल चढ्ने भएकी छिन् । उनले किलिमन्जारो हिमाल चढ्न लागेकी हुन् । केही समय पहिले फेसबुक मार्फत् हिमाल चढ्ने खबर सार्वजनिक गरेपनि आइतबार मात्र यसको घोषणा गरेकी हुन् । कालकार संघको एक कार्यक्रममा उपस्थित हुँदै निशाले आफ्नो किलिमान्जारो अभियानबारे जानकारी गराइन् ।

फिल्मीखबर, काठमाडौं, 2015-09-27, आईतवार

मोडल क्वेस्ट इन्टरनेशलन नेपाल २०१५को युवा तथा युवती विजेतालार्ई  बलिउड अभिनेत्री हेजल किचले अवार्ड प्रदान गरेकी छिन् । शनिबार सम्पन्न कार्यक्रममा युवा तर्फ बिक्रम कुमार पाण्डे विजयी भए भने  निरिशा बस्नेतले सो उपाधि जितिन् । मोडल क्वेस्ट इन्टरनेशनल बन्न सफल बिक्रम र निरिशाले ५० हजार रुपैयाँ र विभिन्न उपहार हासिल गरे ।

फिल्मीखबर, काठमाडौं, 2015-09-27, आईतवार

अन्ततः धेरै प्रशंसको मन तोड्दै रिमाले रोबर्टसँग लगनगाँठो कसेकी छिन् । आइतबार बिहान हिन्दू विवाह विधि अनुसार रोबर्टले रिमालाई सिन्दूर हाल्दै सदाका लागि आफ्नो बनाए ।
केही दिन अघिको फिल्मीखबरसँगको कुराकानीमा दुवैले एक अर्काको पेशा भन्दा पनि मन हेरेर विवाह गर्ने निर्णय गरेको बताएका थिए ।

Results : 15739 - 15744 of 24018