केहि दिन पहिले अडियो रिलिज गरिएको फिल्म 'फन्को'को 'ठुङ्दे ठुङ्दे...' बोलको भिडियो गीत सार्वजनिक भएको छ । युट्युवमा सार्वजनिक गीतमा फिल्मका लिड कलाकारहरु फिचरिङमा छन् ।
चेतन सापकोटा र रेश्मा सुनुवारको स्वर रहेको यो गीत राजेन्द्र थापाले लेखेका हुन् । संगीत भने चेतनको नै छ । गीतका शब्द दुई अर्थी लाग्ने छन् । त्यसैले अडियो रिलिजमा केहि आलोचनाका शब्द सामाजिक सञ्जालमा पोखिएका पनि छन् ।
सुवर्ण थापा निर्दे्शित फिल्मलाई सहदेव गौतमले निर्माण गरेका हुन् । फिल्ममा दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी, सौगात मल्ल लिड रोलमा छन् । राजनैतिक कथा उठान गरेको भनिएको फिल्म राम्रो मनोरञ्जनको खुराक बनेको बताईएको छ । यसअघी सार्वजनिक यो फिल्मको ट्रेलर लोकप्रिय बनिसकेको छ ।

