Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रानीले जन्माइन् छोरी

एजेन्सी, मुम्बई, 2015/12/09

बलिउड अभिनेत्री रानी मुखर्जीको घरमा नयाँ सन्तानको प्रवेश भएको छ । बलिउडका चर्चित निर्माता तथा निर्देशक आदित्य चोपडासँग रानीले यस बर्षको सुरुवातमा बिहे गरेकी थिइन् । इटलीमा यी दुइले बिहे गरेका थिए । बिहे गर्दा नै रानी गर्भवती भएको चर्चा चलेको थियो । रानीले आज बिहान मुम्बइको क्यान्डी अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् । छोरी जन्मिएपछि चोपडा परिवार खुशी देखिएको थियो ।


चोपडा परिवारले सार्वजनिक गरेको विज्ञप्तीमा शुभचिन्तक, फ्यानलाई आर्शिवादको लागि विशेष धन्यवाद दिइएको छ । रानी र आदित्यले छोरीको नाम अदिरा राखेका छन् ।
अदिराको प्रवेशले आफूहरुको जीवनमा नयाँ अध्याय सुरु भएको चोपडा  परिवारको भनाई छ । अहिले बलिउडका कलाकारले चोपडा परिवार र रानी मुखर्जीलाई वधाई दिइरहेका छन् ।

Most Visited News (monthly)