पोखरामा रहेर फिल्म पत्रकारिता गर्दै आएका रेम बिक चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा चयन भएका छन् । आईतबार भएको संघको तेस्रो अधिवेशनले अध्यक्षमा रेम बिकसहित ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।


नयाँ कार्यसमितिको उपाध्यक्षमा राजाराम पौडेल, सचिवमा सुशन घिमिरे, सहसचिवमा माधव भुषाल र कोषाध्यक्षमा बोधराज रेग्मी चयन भएका छन् । त्यस्तै कार्यसमितिको सदस्यहरुमा प्रभु अधिकारी, अरुण गिरी, विनु सुवेदी र शशि पौडेल चयन भएका छन् ।
नवनिर्वाचित कार्यसमितिको अध्यक्ष चयन भएसँगै रेमले आगामी दिनमा पोखराको चलचित्र पत्रकारिताको विकासका लागि लाग्ने बताए । ‘पोखरा फिल्मको लागि उर्भर भुमी हो । र, यहाँ फिल्मसँग सम्बन्धित क्रियाकलापहरु पनि धेरै हुन्छन्', फिल्मीखबर डट कमका पोखरा संवाददाता रहेका बिकले भने- 'फिल्म पत्रकारितामा यहाँ धेरै संभावना छ । त्यसैले यसको विकासमा मेरो हरदम प्रयास हुनेछ ।’
पोखराको बिग एफएम र मेनखबर डटकममा कार्यरत रेमले वर्तमान समयमा संस्थालाई अगाडि लैजान चुनौती भएपनि संभावना अझै बढि भएको बताए । साथै उनले कार्यसमिति सदस्यहरुलाई साथमै लिएर पोखरालाई 'फिल्म नगरी' बनाउनका लागि आफूले हरसंभव भूमिका खेल्ने बताए ।

