Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

किन लिदैछ एफडीले एमजीमा फिल्म ?

फिल्मीखबर, काठमाडौं, 2015/12/08
नेपाली फिल्ममा अहिले फेरि 'मिनिमम ग्यारेन्टी' (एमजी)को चर्चा सुरु भएको छ । '६ एकान ६', 'वडा नम्बर ६' लगायतका फिल्मले 'एमजी' पाएको चर्चा खुबै चल्यो । एफडी कम्पनीमा नरेन्द्र महर्जन आएपछि छायांकन नै नभएका फिल्मले ठूलै रकम 'एमजी' पाईरहेका छन् ।
 
एफडी कम्पनीले अनमोल केसी र श्रृष्टी श्रेष्ठले अभिनय गरिरहेको फिल्म 'गाजलु'लाई छायांकन सुरु हुने वित्तिकै 'एमजी' दिएको थियो । यसरी फिल्मको 'मिनिमम ग्यारेन्टी' कुनै कम्पनीले लिइदिदा निर्मातालाई फाइदा हुने पक्का हुन्छ । तर, एफडीले भने कुनै लुक्स नै नबाहिरिकन 'एमजी' लिइरहेको छ, जसले गर्दा जोखिम पनि उस्तै छ ।
 
एफडीका अध्यक्ष नरेन्द्र महर्जनले राम्रा मेकरलाई प्रोत्साहन गर्ने नीति अनुसार एमजी दिइएको बताउँछन् । कथा लेखन कार्यमै रहेको फिल्म 'सायद २'लाई पनि एफडीले राम्रो रकम 'एमजी' दिएको छ । सायदलाई ३० लाख दिइएको महर्जनले पुष्टी गरेका छन् ।
 
फिल्मको कथा पनि तयार नहुँदा एफडी कम्पनीले 'एमजी' दिएर आफ्नो पकड फिल्म क्षेत्रमा दरिलो बनाउँदैछ । फिल्म 'कबड्डी कबड्डी'को काठमाण्डौ बाहिरको वितरणमा हात हाल्न नपाएको एफडीले नेपालमा बनिरहेका राम्रा ब्यानरका र राम्रा कलाकारको फिल्मलाई 'एमजी' दिएर आफ्नो पकड दरिलो बनाउन खोजिरहेको बुझिएको छ ।
Most Visited News (monthly)