यो बर्षको बलिउड ब्लकबस्टर फिल्म 'बजरंगी भाईजान'की बाल कलाकार हर्षाली मलहोत्रा चर्चित अवार्ड 'बिग स्टार ईन्टरटेनमेन्ट अवार्ड २०१५'मा उत्कृष्ट डेब्यु अभिनेत्रीमा नोमिनेशनमा परेकी छिन् ।

'बजरंगी भाईजान'को उनको उत्कृष्ट अभिनयका कारण निकै तारिफ र सम्मान भेटेकी हर्षाली अन्ततः डेब्यु अभिनेत्रीको नोमिनेशनमा पर्न सफल भईन् । भोटिङका आधारमा हुने अवार्डमा हर्षालीको प्रतिस्पर्धा 'समिताभ' अभिनेत्री अक्सरा हसन, 'हिरो' अभिनेत्री अथिया सेट्ठी, 'दम लगाके हैसा’की भुमी पद्नेकार र 'विडिङ पल्लभ' डेब्यु अभिनेत्री अनुष्का रञ्जनसँग हुनेछ ।
नोमिनेशन सार्वजनिकसँगै हर्षालीको पक्षमा सामाजिक सञ्जालहरुमा बधाईका शब्दहरु आउन थालिसकेका छन् । कबिर खान निर्दे्शित 'बजरंगी भाईजान'मा भारतमा हराएकी पाकिस्तानी मुलकी बालिकाको भुमिकामा सुपरस्टार सलमान खानसँग देखिएकी हर्षालीको अभिनय क्षमताको व्यापक तारिफ र चर्चा भएको थियो ।
त्यसो त बालबालिका भएपनि अभिनय क्षमता र पपुलारिटी पाका अभिनेता अभिनेत्रीसँगको प्रतिश्पर्धामा आउन सक्छन् भनेर अनलाईन फिल्मीखबर अवार्डमा 'नाईं नभन्नु ल २'का बाल अभिनेता अनुभव रेग्मी पाका अभिनेतासँग अवार्डका लागि प्रतिश्पर्धामा आएका थिए । यस्तै चलचित्र विकास वोर्डको तर्फबाट वितरण गरिएको राष्ट्रिय चलचित्र अवार्डमा बाल कलाकार संगम बिष्टलाई डेब्यु अभिनेत्रीको अवार्ड दिईएको थियो ।

