Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

गोल्डेन गेटमा दिलिपको रोमान्स (भिडियो हेर्नुस्)

फिल्मीखबर, क्यालिफोर्निया, 2015/12/09
परिवारसहित अमेरिका आईपुगेका अभिनेता दिलिप रायमाझीले अभिनयमा सक्रियता देखाएका छन् । अमेरिका आएर अभिनय गरेको उनको पहिलो म्यूजिक भिडियो सार्वजनिक भएको छ । 
 
गायक मुरारी भट्टराईको एल्बम ‘अनामिका’मा समावेश ‘कहिले काँही’बोलको म्यूजिक भिडियोमा उनले अभिनय गरेका हुन् । भिडियो निर्देशन सुरेशदर्पण पोखरेलले गरेका छन् । भिडियोमा अभिनेता रायमाझीसँग मोडल निला शाही फिचरिङ छिन् । भिडियोमा उनीहरुको प्रेमिल रोमान्स देख्न सकिन्छ ।
 
अधिकांश हलिउड फिल्महरुको छायांकन हुने गोल्डेन गेट पुल र आसपासका रमणिय स्थानमा यो भिडियो खिचिएको छ । विकास चौधरीको संगीत रहेको यस गीतमा गायक भट्टराईलाई गायिका जुनु रिजालले साथ दिएकी छिन् । गीतलाई चिरञ्जीवी कोइरालाले लेखेका हुन् । 
 
भिडियोलाई निर्देशक सुरेश दर्पण पोखरेलले नै खिचेका हुन् भने भरत रेग्मीले भिडियो सम्पादन गरेका हुन् । 
 

Most Visited News (monthly)