Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कलाकारको चुनावमा राजनीति गन्ध !

फिल्मीखबर, काठमाडौं, 2015/12/10
चलचित्र कलाकार संघको चुनावी साधारणसधा यहि शनिबार हुँदैछ । चुनावी दिन नजिकिँदै गर्दा कलाकारहरुलाई यसको माहोलले निकै गर्माएको छ । 
 
अनामगगर होस् या बानेश्वर, पुतलिसडक होस् या बागबजार हरेक ठाउँमा भेला भएर फिल्मसँग सम्बन्धित व्यक्तिहरु यसैको चर्चा परिचर्चामा देखिन्छन् । तर, यसको पछाडी देखिएको राजनीतिक गन्ध र अघोषित हस्ताक्षेपले भने कहि कलाकर्मीलाई चिन्तित बनाएको छ ।
 
चुनावी प्रतिस्पर्धाको लागी उमेद्वारी घोषणा गरेका 'भाईटल' पदमा हरेकजसो राजनीतिक दलको उमेद्वार जस्तै देखिएका छन् । खुलेर म यो पार्टीको र अर्को त्यो पार्टीको उमेद्वार भनेर कसैले नबोलेपनि राजनीतिक गन्ध छर्लङ्गै देखिएको छ । 
 
अध्यक्षका पर्त्यासी लय संग्रौला एमाले निकट हुन् भने अर्का उमेद्वार रामकेशर बोगटी नेपाली कांग्रेस निकट मानिन्छन् । त्यस्तै तेस्रो प्रत्यासी विशाल बिष्टले भने आफु कुनै राजनीतिक दलको उमेद्वार नभएको र कलाकर्मीमा राजनीति घुस्न नहुने भन्दै उमेद्वारी दिएको दाबी गर्दै आएका छन् ।
 
लय संग्रौलालाई एमाले निकट फिल्मकर्मीको संगठन तथा माओबादी निकट जनसांस्कृतिक संघको पनि समर्थन छ भने माओवादी निकट मानिने केहि फिल्मकर्मीले बोगटीको पक्षमा समेत उभिएका छन् । त्यस्तै उपाध्यक्ष पदमा पनि रेजिना उप्रेतीलाई माओवादी र एमालेको समर्थन देखिएको छ भने मनोज केसी कांग्रेसका उमेद्वार बनेका छन् । 
 
त्यस्तै महासचिव पदमा त कृष्ण ढुङ्गानालाई जिताउन माओवादीको जनसांस्कृतिक संघ तथा त्यसका अध्यक्ष केपी पाठक मरिमेटेर लागेका छन् । त्यस्तै अर्की प्रत्यासी सरिता लामिछानेलाई विकास वोर्ड अध्यक्ष राजकुमार राई तथा अन्य केहि प्रभाव जमाउन सक्ने फिल्मकर्मी भित्रभित्रै जिताउन लागेको श्रोत बताउँछ ।
 
यी त उदाहरण मात्र हुन्, सचिव हुँदै कोषाध्यक्ष तथा सदस्य पदका उमेद्वारमा पनि अबस्था यस्तै छ । त्यसैले पनि राष्ट्रको गहना मानिने कलाकर्मीको चुनावमा नै फोहोरी राजनीति मिसिँदा यस्तो हुनहुन्न, कलाकारको चुनाव बिसुद्ध हुनुपर्छ भन्ने चिन्ता केहि फिल्मकर्मीमा देखिएको छ । 
 
त्यसैले राजनीतिक भागबण्डामा चुनाव हुँदै गर्दा जितिसकेपछि ती फिल्मकर्मीले कसको पक्षमा काम गर्छन् भन्ने मै शंका देखिन्छ । जेहोस, जसको उमेद्वार बनेर जितेपनि जित्नेले त्यसपछिको दिनमा यो र त्यो नभनेर सबै कलाकार र कलाकर्मीको पक्षमा काम गरुन्, धेरैको अपेक्षा यही हो ।
Most Visited News (monthly)