Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

भुवन केसी भर्सेज दिनेश डिसी ?

फिल्मीखबर, काठमाडौं, 2015/12/09

अभिनेता, निर्माता, निर्देशक भुवन केसी तथा निर्देशक, निर्माता र कलाकर दिनेश डिसी नेपाली फिल्म उद्योगको लागी नयाँ नाम होईन् । केसी र डिसी धेरै फिल्ममा सँगसँगै देखिए । तर अब भने यी दुईबीचको भिडन्त हुने देखिएको छ । डिसी निर्देशित ’फूलैफूलको मौसम तिमीलाई’ र  केसी निर्र्दे्शित ‘ड्रिम्स’ एउटै मितिमा भिड्ने पक्का भएको हो ।


राम्रो ब्यानर मानिएको तथा फिल्म उद्योग तथा दर्शकले केहि संभावना देखेका यी दुई फिल्म फागुन २१ मा आउने निश्चित भएपछि यो मितिमा अर्को ठुलो भिडन्त हुने देखिएको छ । त्यसो त फागुन २१ मा रिलिज हुँदै गर्दा दुबै फिल्मले बिदा पनि राम्रो पाउने छन् । शुक्रबार र शनिबार  राम्रो विजनेश गर्न सकेको खण्डमा लगातार परेको सोमबार, मंगलबार र बुधबारका बिदाले चल्ने फिल्मलाई फाईदा हुनेछ । दुबै फिल्ममा धेरैको आशा छ र चल्नेमा शंका पनि छैन् ।


अर्को तर्फ फिल्म चल्ने भनिएको पब्लिसिटीका कारण हो । रिलिज पहिले सार्वजनिक हुने टिजर, ट्रेलर तथा गीत संगीत पनि दर्शकलाई हलसम्म पुग्नको लागि लोभ्याउने हतियार हुन् । पब्लिसिटीको लागि डिसि त केसी दुबै माहिर मानिन्छन् ।  पैसा खर्चेर होस् या अन्य स्क्याण्ल बनाएर होस् फिल्म चल्ने वातावरण बनाउन कसैले पनि कन्ज्युस्याईं नगरेको उदाहरण सर्व्विदितै छ । 

त्यस्तै  सांगितिक रुपमा सशक्त मानिएको यी दुई फिल्मको भिडन्त रोमाञ्चक हुने निश्चित छ ।’ड्रिम्स’मा युवा स्टार अनमोल केसी लिड रोलमा छन् । जसको चर्चा जहिले चुलिँदो छ भने ’फूलैफूलको मौसम तिमीलाई’मा नीता ढुङ्गाना र आमेश भण्डारी लिड रोलमा छन् ।

Most Visited News (monthly)