नवल नेपाल निर्देशित फिल्म 'भाग सानी भाग'ले अष्ट्रेलियाबाट आफ्नो प्रदर्शनको सुरुवात गर्ने भएको छ । चैत्र ५ मा नेपाल रिलिज तोकिएको यो फिल्मको त्यसअघी विदेशका विभिन्न शहरमा प्रिमियर हुने भएको हो ।
सुरुवातमा अष्ट्रेलियाको बिभिन्न नौ शहरमा फिल्म प्रर्दशन हुनेछ । फिल्मको डार्बिन शहरबाट आगामी जनवरी २९ मा प्रर्दशन हुने निर्माता बिष्णु चापागाईले बताएका छन् । त्यस्तै पर्थ शहरमा जनवरी ३१, क्यानबेरामा फेब्रुअरी ५, सिडनीमा फेब्रुअरी ६ र ७, मेलबर्नमा फेब्रुअरी १३ र १४, एडिलेड शहरमा फेब्रुअरी १९ र ब्रिसबेनमा फेब्रुअरी २१ मा त्यहाँ रहेका नेपालीमाझ 'भाग सानी भाग' देखाईने कार्यक्रम छ ।
अष्ट्रेलियाका बिभिन्न शहरहरुमा फिल्मको प्रर्दशनबाट उठेको रकम मध्येबाट केहि रकम समाजसेवी दिक्षा चापागाईले काठमाडौं स्थित धापासीमा सञ्चालनमा ल्याएको 'पबित्र समाज सेवा' नामक सामाजिक संस्थाको लागी सहयोग गरिने बताइएको छ । सबिन श्रेष्ठ र केकी अधिकारी यो फिल्ममा लिड रोलमा छन् ।

