
देशभर तेलको हाहाकार भएपछि यसको प्रत्यक्ष मारमा नेपाली फिल्म जगत पनि परेको छ । नेपाली फिल्मीकर्मी अहिले काम छाडेर हात बाधेर बसेका छन् । छायांकनमा गएका फिल्म रोकिएका छन् भने, जाने तयारीमा रहेका फिल्म जान सकेका छैनन् ।

नेपाल प्राविधिक संघ (नेफ्टा)ले कतारमा गरेको अवार्डमा आयोजकले जुरी निर्णयमा चलखेल गरेको आरोप लागिरहेका बेला राजधानीमा अर्को अवार्डको मनोनयन सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय कलाकार समाज(इनास)ले बुधबार औपचारिक कार्यक्रम गर्दै १४ विधामा जारी गरेको अवार्ड भने मनोनयनमै विवादमा पर्ने देखिएको छ ।

बलिउड अभिनेता ऋतिक रोशनसँगलाई छाडेपछि सुजन अहिले अर्का अभिनेता अर्जुन रामपालसँग देखिएकी छिन् । अर्जुनकै कारण ऋतिक र र सुजैनको ब्रेकअप भयो भन्नेहरु पनि छन् । तर, यो बिषयमा यी दुबैले खण्डन पनि गर्दै आएका छन् ।

गतबर्ष चलेका धेरै फिल्ममध्ये केही गीतले त, केही अभिनेता वा ब्यानरका कारण चले । तर, गतबर्ष नै फिल्म लज्जाबाट डेब्यू गरेकी अभिनेत्री शिल्पा पोख्रेलले फिल्म नै बोकिन् । उनले हवल्दार सुन्तली फिल्ममा त शिर्ष भूमिकामा नै काम गरिन् । हुनत, यी दुबै फिल्म छविराज ओझाको ब्यानरका थिए । तर, पनि शिल्पाले दुबै फिल्ममा केन्द्रिय भूमिका निर्वाहा गरिन् ।

बेलायतमै निर्मित नेपाली कथानक चलचित्र ‘यू टर्न’को रेड कार्पेट प्रिमियर शो गत गरिएको छ । फिल्म शनिवा रेडिङस्थित लाइफ इस्प्रिङचर्च द पेभिलियबनमा आयोजित भव्य समारोहमा लिमोजिनमा ल्याइएका कलाकारहरु रेडकार्पेट हुंदै रिसेप्सनमा सहभागी भए ।


