यही डिसेम्बर १८ मा रिलिज हुने बलिउड फिल्म 'दिलवाले'को लागि अहिले अभिनेता शाहरुख खान त्यसको प्रचार प्रसारमा व्यस्त छन् । यो बीचमा विश्वव्यापी रुपमा हिट बनेको कलर्स टिभीको रियालिटी शो 'बिगबोस'मा शाहरुख पुग्दै छन् । जुन शोको होस्ट अर्का स्टार सलमान खान छन् ।

सलमान र शाहरुखको नाममा फ्यानहरुबीच सँधैजसो टकराव देखिने अनि यसले अर्कोलाई घोचपेच गर्ने पूराना उदाहरणलाई मेटाउँदै सुमधुर सम्बन्धको सन्देश दिन पछिल्लो समय यी दुई स्टार लागिरहँदा शाहरुखको फिल्मको प्रचार मात्र भईरहेको छैन्, सम्बन्ध सुधारको नयाँ आयाम पनि देखिएको छ ।
'बिगबोस' सेटमा पुग्नुपूर्व नै सलमान र शाहरुख फिचरिङमा रहेको यसको सिजन ९ को ट्रेलर सार्वजनिक गरिएको छ, जसले यी दुई स्टारसँगै देखिएको फिल्म 'करण अर्जुन'को झल्को दिएको विश्लेषण भईरहेको छ । सलमान र शाहरुखलाई एउटै फ्रेममा पार्न निर्माता निर्देशकहरु असफल भईरहेको समयमा 'बिगबोस' र 'दिलवाले'ले भने एउटै प्रेममा जोड्दिएको छ ।

