Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

सुन्नुस् `क्लासिक`को अडियो

फिल्मीखबर, काठमाडौं, 2015/12/10
आर्यन सिग्देल र नम्रता श्रेष्ठ स्टारर फिल्म 'क्लासिक'को अडियो जुकबक्स रिलिज भएको छ । फिल्मको अडियो सुमधुर सुनिन्छ । 
 
 
सांगीतिक पक्ष निकै सशक्त भनिएको यो फिल्ममा संगीत ताराप्रकाश लिम्बुको छ भने फिल्ममा समावेश गीतहरुमा मेलिना राई, युवराज चौलागाईं, कोशिश क्षेत्रीको स्वर छ । फिल्मका गीतमा शब्द निर्देशक दिनेश राउतसंगै डाक्टर कृष्णहरी बराल र दयाराम पाण्डेका छन् ।
 
आर्यन सिग्देल इन्टरटेन्मेन्ट र सुवास इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको यो फिल्म बर्षकै प्रतिच्छित फिल्म मानिएको छ । दुवै कलाकारको अन्य फिल्ममा भन्दा फरक अभिनय समेटिएको यस फिल्ममा आर्यन अनि नम्रतालाई दृष्टिबिहीनको रुपमा दर्शकले देख्ने छन् । फिल्म माघ २९ मा रिलिज हुनेछ ।
 

Most Visited News (monthly)