
फिल्म ‘क्लासिक’को छायांकन सुरु गरिएको छ । सुवास इन्टरटेन्मेन्ट र आर्यन सिग्देल इन्टरटेन्मेन्टले संयुक्त रुपमा क्लासिक’बनाउन लागेको हो । चोभारमा रहेको गणेश मन्दिरमा पुजा गर्दै फिल्मको छायांकन प्रारम्भ गरिएको हो । दुई बाल कलाकारले फिल्मको पहिलो दिन सट दिएका छन् । अभिनेता आर्यन सिग्देल र अभिनेत्री नम्रता श्रेष्ठको बाल्यकालको भूमिकामा सुमिन मानन्धर र सेमिना कोइराला देखिदैछन् ।


मोडल तथा अभिनेत्री रिमा विश्वकर्माले चलचित्र कल्याणकारी कोषमा एक लाख प्रदान गरेकी छिन् । रिमाले शुक्रबार सो रकम चलचित्र कल्याणकारी कोष संयोजक झरना थापालाई हस्तान्तरण गरिन् ।रिमाले हनिमुनको लागि छुट्याएको रकम कोषमा प्रदान गरेको् जानकारी गराएकी थिइन् ।

नेपाली फिल्म क्षेत्रमा बोल्नेकै पिठो विक्छ भनिन्छ । बोल्न सक्नेले राम्रै प्रगती गरेका छन्, बोल्न नसक्ने पछाडि परेका छन् । अभिनेत्री अनु शाहलाई पनि सोझी अभिनेत्रीको रुपमा फिल्म क्षेत्रमा चिनिन्छ ।अनु नेपालमा आयोजना हुने अधिकांश अवार्ड समारोहमा नृत्य गर्छिन् । तर, अनुले आजसम्म अवार्ड खासै पाएकी छैनन् । तर, पनि अनुले अवार्ड शोमा आफ्नो प्रस्तुती दिन नाई भनेको पाइदैन ।

दुई हप्ता पछि वडा नं ६ मोफसल लागेको छ । असोस १ मा रिलिज भएको फिल्म तराई बन्दका कारण राजधानीमा खुम्चिएको थियो । तर राजधानीमै आक्रामक व्यापार गरेको फिल्मले राजधानीकै कमाईले लगानी उठाएको निर्माताहरुले बताए ।रिलिजको तेस्रो दिननै करोड छेऊछाऊ पुगेको भनेर चर्चा पाएको फिल्मले त्यसपछिमा दिनमा पनि राम्रो व्यापार गर्दै आएको थियो । निर्माता दीपक राज गिरीले फिल्मको ग्रस दुई करोड पुग्न लागेको बताए ।

अमेरिकाबाट नेपाल आए लगतै अभिनेत्री निशा अधिकारीले आफूले काम गरिरहेको फिल्म ‘लुटेरा’को एक गीतमा आधा काम गरिन् । आधा काम गरेर निशा अफ्रिकाको हिमाल चढ्न त्यतातर्फ लागिसकेकी छिन् । दयाराम दाहाल र दयाराम पाण्डेले लेखेको‘मैले तिमीलाई मन पराए’को बोलको गीतमा निशा र अभिनेता निखिल उप्रेतीले नृत्य गरेका छन् ।

