Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बोगटीको २० लाखे चुनावी कार्ड

फिल्मीखबर, काठमाडौं, 2015/12/11

चलचित्र कलाकार संघका अध्यक्ष पदमा प्रत्याक्षी रामकेशर बोगटीले संघका लागि आफ्नै खर्चमा भवन बनाइदिने प्रतिवद्धता जाहेर गरेका छन् । कलाकार संघमा भवन निर्माणका  लागि आफूले १ लाख बढी रकम राख्दा पनि त्यसमा १ सुको नथपिएको उनको भनाई थियो ।


तर, उनले आफूले चुनाव जितेको खण्डमा त्यहाँ कुनै रकम नथपिएपनि आफ्नो तर्फबाट २० लाख खर्च गरेर भवन बनाउने बताए । आज काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्षका उम्मेदावर बोगटीले आफ्नो ७ बुँदे प्रतिवद्धता पनि सार्वजनिक गरेका छन् ।राजनीतिक अखडा बनाउने शैलीमा कलाकार संघलाई अगाडि बढाइएको भन्दै बोगटीले राजनीति गर्ने स्थान संघ नभएको चेतावनी पनि दिए । यस्तै, उपाध्यक्ष र सदस्य बाहेकका अन्य पदका लागि बोगटीको प्यानल पनि घोषणा गरिएको छ । जसमा महासचिवमा सरिता लामिछाने, कोषाध्यक्षमा आकाशबाबु खवास, सचिवमा चेतबहादुर सिंह र सह कोषाध्यक्षमा नन्दिता केसी छन् । नन्दिता निर्विरोध भैसकेकी छिन् ।


यस्तै, कलाकार संघको निर्वाचनमा उठेका सचिव पदका उम्मेदवार सिंहले पनि भवन निर्माणका लागि ४ लाख दिने बचन दिएका छन् । सदस्य पदका उम्मेदवार सुनिल कटुवालले पनि ४ लाख दिने बचन दिएका छन् ।कलाकार संघको निर्वाचनमा राजनीतिक हाबी भएको स्पष्ट छ । अध्यक्षका अर्का उम्मेदवार लय संग्रौलाको प्यानलमा एमाओवादी र एमालेको गठवन्धन देखिएको छ ।

Most Visited News (monthly)