Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

कलाकार संघको अध्यक्षमा बोगटी बिजयी (बिजेताको सुची सहित)

बैकुण्ठ पराजुली, काठमाडौं, 2015/12/13
चलचित्र कलाकार संघको नयाँ नेतृत्वको लागि भएको निर्वाचन अन्तर्गत अध्यक्ष पदमा रामकेशर बोगटी बिजयी भएका छन् । शनिबार सम्पन्न १४ औं साधारणसभाबाट निकटतम प्रतिद्वन्द्वी लय संग्रौलालाई ७८ मतले पराजित गर्दै निर्वतमान महासचिव रहेका बोगटी बिजयी भएका हुन् । त्यस्तै अर्का प्रतिस्पर्धी बिशाल बिष्टको पक्षमा जम्मा १० मत पर्यो ।
 
 
 
अध्यक्षमा बिजयी बोगटीले २३८ मत पाए भने संग्रौलाको पक्षमा १६० मत खस्यो । शनिबार अबेर राती सकिएको निर्वाचनले बोगटीको नेतृत्वमा २१ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको छ । दुई उपाध्यक्ष पदमा रेजिना उप्रेती र शानुकुमार ताम्राकार बिजयी भएका छन् । रेजिनाले १८१ मत र  ताम्राकारले २७७ मत प्राप्त गरे । अर्का प्रतिस्पर्धी मनोज केसीले दुबैलाई भेट्टाउन सकेनन् ।
 
त्यस्तै महासचिव पदमा सरिता लामिछाने बिजयी भएकी छन् । उनले २२५ मत प्राप्त गरिन् भने प्रतिद्वन्द्वी कृष्ण ढुङ्गानाले १७१ मतमा चित्त बुझाए । सचिव पदमा १९६ मतका साथ चेतबहादुर सिंह बिजयी भएका छन् । प्रत्यासी सञ्जय खतिवडाले १८८ मत पाए भने कोषाध्यक्षमा बिमला केसी २०४ मतका साथ बिजयी भएकी छन् । प्रतिस्पर्धी आकाश खवासले १९० मतमा चित्त बुझाए ।
 
 
 
त्यस्तै १० जना निर्वाचित सदस्यतर्फ गजित बिष्टले सर्वाधिक २८७ मत ल्याए । यो मत कार्यसमितिका सबै पदाधिकारीको भन्दा बढी हो । अन्य ९ सदस्यतर्फ शिवहरी पौड्यालले २५८, सविन श्रेष्ठले २४२, देविराम पराजुलीले २२८, अशिष्मा नकर्मीले २२६, विष्णुप्रसाद सापकोटाले २००, कविता गेलाल शर्माले १८८, शिवहरी नेपाल बैरागीले १७१ मत ल्याए भने सुनिल कटवाल र धनबहादुर बमजमको समान १६३ मत आएपछि गोलाप्रथाबाट बमजमलाई बिजयी घोषणा गरियो । कटवाललाई पनि नव निर्वाचित अध्यक्ष बोगटीले मनोनित सदस्यमा ल्याउने बचन दिएका छन् । सह-कोषाध्यक्षमा अभिनेत्री नन्दिता केसी यसअघि नै निर्विरोध निर्वाचित भएकी थिईन् ।  
 
 
  
ठूलो राजनीतिक दाउपेच र रस्साकस्सीका बीच सम्पन्न चुनाबले कलाकारहरुलाई दिनभर ततायो । कलाकारिता भन्दा पनि राजनीतिक चलखेलका कारण कलाकार संघको यो पटकको चुनावले धेरैको ध्यान आकृष्ट गरेको थियो । फिल्मीखबर डट कमको तर्फबाट नव निर्वाचित कार्यसमितिका सबै पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना !
Most Visited News (monthly)