Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कलाकार राष्ट्रका गहना होईनन् : उपराष्ट्रपति पुन

फिल्मीखबर, काठमाडौं, 2015/12/12

चलचित्र कलाकार संघको चौधौं साधारणसभालाई सम्बोधन गर्दै उपराष्ट्रपति नन्दकिशोर पुन ले कलाकारलाई राष्ट्रको गहना मान्ने कुरा पुरानो भएको बताएका छन् । समाजको ऐनाको रुपमा कलाकर्मीलाई लिएका पुनले अब कलाकारलाई राष्ट्रको गहना मात्रै भनेर नपुग्ने भन्दै राज्यको अंगका रुपमा लिईनुपर्ने धारणा राखे ।


देश र समाजलाई नै डोर्याउन सक्ने सामथ्र्य कलाकारहरुमा रहेको भन्दै यसको मुल्यांकन राज्यले गर्दै आएको र आगामी दिनमा पनि थप प्राथमिकता दिएर अघि बढ्नुपर्ने उनको भनाई थियो । उपराष्ट्रपति पुनले अहिलेसम्म बन्ने प्रायः फिल्मले देशका सबै भाषा तथा संस्कृतिको प्रतिनिधित्व गर्न नसकेको भन्दै अब बन्ने फिल्मले विपन्न तथा सिमान्तकृत परिवारका तथा भाषा र संस्कृतिको प्रतिनिधित्व गर्नुपर्ने बताए ।


सगरमाथाको शिरमा देशको झण्डा पुर्याउन सक्ने काम ऐतिहासिक भन्दै कलाकार राष्ट्रिय सम्मानको हकदार रहेको पुनको भनाई थियो । त्यस्तै उनले बागमती सफाईदेखी विनाशकारी भूकम्पको समयमा कलाकारहरुले चालेको कदमको प्रशंसा  गरेका थिए ।११ सदस्यीय कार्यसमितिका लागि बेलुकी ४ बजेबाट भोटिङ प्रक्रिया सुरु गरिएको थियो । कलाकार संघको चुनावमा ६ सय सदस्यले भोटिङका लागि योग्य भएपनि भोटिङका लागि करिब ४ सय सदस्य उपस्थित थिए ।

चुनाव सकिए लगत्तै मत गणना सुरु हुने र राती १२ बजेसम्ममा परिणाम आईसक्ने स्रोतले बतायो । कलाकार संघको चुनावमा चिनिएका भन्दा नचिनिएका कलाकारहरुको बाहुल्य रहेको भन्दै चौतर्फी आलोचन भएको छ । चिनिएका केही कलाकार कार्यसमितिका लागि प्रतिस्पर्धामा रहेपनि उनीहरु मुख्य पदमा भन्दा पनि सदस्यमा मात्र सिमित रहेका छन् ।

Most Visited News (monthly)