फिल्म 'चपली हाइट'बाट चिनिएका अभिनेता राज घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ । लेनदेनको विषयलाई लिएर एक व्यक्तिको अपहरण गरेको आरोपमा प्रहरीले उनलाई शुक्रबार पक्राउ गरेको हो ।
.jpg)
गोदावारी बस्दै आएका कुमार सिलवालले आफूलाई घिमिरेले घरबाटै अपहरण गरेको जाहेरी प्रहरी कार्यालयमा दिएका थिए । होटल छहारीमा लगेर कुटपिट गरेको र त्यसपछि जंगलमा लगेर पनि कुटपिट गरेको भन्दै उनले जाहेरी दिएका हुन् ।
सिलवालको जाहेरीलाई आधार मान्दै प्रहरीले अभिनेता घिमिरेलाई पक्राउ गरेर थुनामा राखेको छ । प्रहरीले घिमिरेविरुद्ध अपरहरण तथा शरीर बन्धकको अभियोगमा मुद्दा चलाउन अदालतबाट ५ दिनको म्याद लिएको छ ।
घटनाबारे थप अनुसन्धान भैरहेको ललितपुर प्रहरी परिसरका नायब उपरिक्षक दयानिधी ज्ञवालीले जानकारी दिए । घिमिरेलाई ललितपुर प्रहरी परिसरमा थुनामा राखिएको छ ।
राजले 'भिजिलान्ते' फिल्ममा पनि अभिनय गरेका छन् भने थुप्रै म्युजिक भिडियोमा पनि अभिनय गरेका छन् ।

