फागुन ७ मा रिलिज हुने फिल्म 'फागु'को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक ट्रेलर हेर्दा कलरफुल लाग्छ । जहाँ अभिनेत्री शिल्पा पोखरेल हाबी छिन् ।

शिल्पालाई लभर गर्ल तथा एक्शन अबतारमा देखाईएको ट्रेलरमा उनलाई नव अभिनेता सुवास पराजुलीले सघाएका छन् । ट्रेलरमा अभिनेता राजेश हमालसँगै पूरानी अभिनेत्री गौरी मल्ल समेत समेटिएका छन् । तराई मधेशको एक परिवारको कथा समेटिएको भनिएको यो फिल्ममा करिश्मा मानन्धर, विनोद मानन्धर, मिलनबाबु मल्ल, राजन जैन लगायतको लगानी छ ।
यसैबीच कार्यक्रममा फिल्मको एक नयाँ गीत पनि सार्वजनिक गरियो । करिब १ घण्टा ढिला गरी सुरु भएको कार्यक्रममा फिल्मका कलाकारहरु तथा अन्य फिल्मकर्मीसँगै सञ्चारकर्मीको सहभागिता थियो । कार्यक्रममा अभिनेत्री शिल्पाले फरक विषयवस्तु बोकेको पात्र चित्रण गर्न पाउँदा गर्व महसुस भएको भन्दै फिल्मबाट आशावादी पनि उत्तिकै रहेको बताईन् ।
फिल्ममा प्रमोद अग्रहरी, टिका पहारी, बसन्त भट्ट, विष्णु सापकोटाले पनि अभिनय गरेका छन् ।

