Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

फिल्म निर्माण ईजाजतका लागि कलाकार संघको सिफारिस अनिवार्य ?

फिल्मीखबर, काठमाडौं, 2015/12/18

रामकेशर बोगटीको नेतृत्वको नव निर्वा्चित चलचित्र कलाकार संघको कार्यसमितिले नयाँ निर्णय गरेको छ । जस अनुसार फिल्म निर्माण पूर्व चलचित्र विकास वोर्डबाट ईजाजत लिँदा कलाकार संघको अनुमति अनिवार्य गर्न वोर्डमा डेलिकेशन जाने भएको छ । अध्यक्ष बोगटीले यो कुराको पुष्टी गरे ।

कलाकार नै फिल्मको मेरुदण्ड रहेको र कलाकार विना फिल्म निर्माण नहुने भन्दै यस्तो व्यवस्थाको लागी अग्रसरता लिईएको संघले जनाएको छ ।त्यस्तै हरेक फिल्ममा अभिनय गर्नुपुर्व कलाकारले संघबाट सदस्यताको लागी सिफारिस गर्नुपर्ने समेत बताईएको छ । यसो भएको खण्डमा आगामी दिनमा फर्जी कलाकार भर्ती गरिएको भन्दै संघलाई लागेको आरोपको घाउमा केहि हदसम्म पनि मल्हम लाग्नेछ । जसको लागी संघले सुचना जारी गर्ने र आगामी दिनमा निर्माण हुने सबै फिल्ममा अभिनय गर्नुपुर्व निर्माण टिमले नयाँ तथा पुराना सबै कलाकारको सुची संघलाई उपलब्ध गराउनुपर्नेछ ।

त्यस्तै वरिष्ठ तथा नाम चलेका कलाकारलाई सरकारले सेलिब्रेटी कार्डको व्यवस्था गर्ने भनिए पनि हालसम्म कार्यान्वयन नहुनुको कारण खोज्दै विकास वोर्ड मार्फत सरकारलाई ध्यानाकर्षण गराउने निर्णय समेत गरिएको अध्यक्ष बोगटीले बताए ।

Most Visited News (monthly)