Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 15715 - 15720 of 23745
फिल्मीखबर, काठमाडौं, 2015-07-29, बुधवार

अभिनेता भन्ने वित्तिकै धेरैको आँखामा ह्यान्डसम लुक, सिक्स प्याक शरीर र चकलेटी अनुहारको चित्र नाच्छ । त्यसैगरी  अभिनेत्रीको हकमा पनि त्यस्तै कुरा लागू हुन्छ ।  मिलेको अनुहार, ठूला आँखा, सेक्सी फिगर ।

फिल्मीखबर, काठमाडौं, 2015-07-29, बुधवार

अमेरिका विश्वका विभिन्न देशका कलाकारको उपस्थितीमा हुन लागेको ग्लोब फेस्टिबलमा सहभागी हुन नेपाली फिल्म क्षेत्रकी अभिनेत्री केकी अधिकारी त्यहाँ पुगेकी छिन् । निर्देशक तथा चलचित्र विकास बोर्डका सदस्य सुरेश दर्पण पोख्रेल र गायिका सुनिता दुलालको साथमा केकी अमेरिका पुगेकी हुन् ।

फिल्मीखबर, काठमाडौं, 2015-07-28, मंगलवार

फिल्म ‘कबड्डी’ राष्ट्रिय पुरस्कारमा उत्कृष्ट फिल्म ठहरिएको छ । मंगलबार राष्ट्रपति निवासमा आयोजित पुरस्कार वितरण समारोहमा ‘कबड्डी’ उत्कृष्ट फिल्म घोषित भएको हो । थकाली समुदायको वैवाहिक परम्परामा आधारित फिल्म लेखनमा पनि उत्कृष्ट ठहरिएको थियो । फिल्मबाट रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले लेखनमा पुरस्कार हात पारे ।

फिल्मीखबर, काठमाडौं, 2015-07-28, मंगलवार

अभिनेत्री ऋचा शर्मा गतबर्ष पनि राष्ट्रपति भवनमा आयोजना भएको राष्ट्रिय चलचित्र पुरस्कार कार्यक्रममा उपस्थित थिइन् । तर गतवर्ष उनको अनुहार मलिन थियो । उनको अनुहारमा आजको जस्तो खुशी थिएन, जतिबेला अवार्ड सम्पन्न भयो ।

फिल्मीखबर, काठमाडौं, 2015-07-28, मंगलवार

कुनै समय बर्षमा १५ वटासम्म फिल्म खेल्ने अभिनेता राजेश हमाल अहिले भने चुपचाप छन् । विदेश भ्रमण र सार्वजनिक कार्यक्रममा नै बिताइरहेका हमालको हातमा अहिले फिल्म छैनन् । बिहे गरेपछि पत्नी मधु भट्टराइलाई लिएर अमेरिकादेखि विश्वका विभिन्न देश पुगिरहेका हमालले फिल्मको सेटमा पुगेर मेकअप नगरेको पनि लामो समय भैसकेको छ ।
 

एजेन्सी, मुम्बई, 2015-07-28, मंगलवार

आफ्ना प्रेमी रणवीर कपुरको फिल्म एकपछि अर्को गर्दै असफल भएपछि प्रेमिका कट्रिना कैफ पनि चिन्तित देखिएकी छिन् । कट्रिनाले हालै मात्र एक कार्यक्रममा रणवीरसँग इन्गेजमेन्ट गरेको खबरलाई नकारेकी थिइन् । तर, पनि उनी आफ्ना प्रेमीको बिषयमा भने खुबै चिन्तित हुन थालेकी छिन् ।

Results : 15715 - 15720 of 23745
Most Visited News (monthly)