Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

’फागु’बारे करिश्माको मौनता ?

फिल्मीखबर, काठमाडौं, 2015/12/19

सुन्दरी नायिका करिश्मा मानन्धरले १२ बर्षपछि दोश्रो पटक लगानी गरेर निर्माण गरेको फिल्म ’फागु’ आउँदो ७ मा रिलिज हुँदैछ । यो बीचमा फिल्मको निर्माण युनिटले अडियो सार्वजनिक गर्न तथा ट्रेलर सार्वजनिक गर्न शुक्रबार राजधानीमा पत्रकार भेटघाटको आयोजना गर्यो ।

दर्जनौं फिल्ममा अभिनय गरिसकेकी तथा यो फिल्ममा निर्मात्रीको रुपमा रहेकी करिश्मा फिल्मको बारेमा अपडेट नभएको वा बोल्ने चचाहेको हो कुरा बुझिएन । किनकी उनले फिल्ममा बारेमा केही पनि बोल्दै बोलिनन् ।

उद्घोषकले नाम लिएपछि पोडियममा बोल्न पुगेकी करिश्माले २ मिनेट पनि बोलिनन्, फिल्मको बारेमा कुरा पोख्नु त कता कता, उपस्थितलाई धन्यबाद मात्र बोल्दै सबै कुरा फिल्म रिलिजपछि थाहा हुने मात्रै बोलिन् । त्यसपश्चात विदा भएर कुर्सीमा बसिन् ।  करिश्मा बोल्न लागिन् भन्दै केहि नयाँ कुरा आउने आशामा क्यामेरा अन गरेर तम्तयार फोटो पत्रकारहरु निराश बने ।

त्यसपछिको अनौपचारिक गफगाफमा पनि उनले फिल्म राम्रो बनेको भन्दै कुरा खोल्न नमिल्ने तर्क गरिन् । सुरुमा उनले आफै निर्देशन गर्ने हल्ला चलेपनि अन्तिममा निर्माता मात्र बनेको ’फागु’ उनले भने झैं उत्कृष्ट बनेको छ या छैन् त्यो पछि नै थाहा होला ।
 

Most Visited News (monthly)