शुक्रबार बलिउडको ऐतिहासिक दिन बन्यो । दुई प्रतिच्छित र चर्चित कलाकारको अभिनय रहेको फिल्म ’दिलवाले’ र ’बाजिराव मस्तानी’ रिलिज भए । दुबै फिल्ममा दर्सक बाँडिदा घाटा त दुबैलाई पक्कै भयो नै पहिलो दिनको बिजनेशमा को अघी र पछि को होडबाजीले समेत अहिले बलिउड फिल्मप्रेमीमाझ माहोल गर्मिएको छ ।
बलिउड अनलाईनहरुले लेखेअनुसार पहिलो दिन ’दिलवाले’को अकुपेन्सी ६० प्रतिशत देखियो भने ’बाजिराव’को ५० प्रतिशत छ । ’दिलवाले’ले पहिलो दिन २० देखी २५ करोडको बीचमा बिजनेश गर्ने अनुमान बलिउड पण्डितहरुको छ भने अर्को फिल्मले १२ देखी १५ करोडको बीचमा बिजनेश गर्ने आंकलन गरिएको छ ।
रोहित सेट्ठी निर्दे्शित ’दिलवाले’मा शाहरुख खान, काजोल, बरुण धवनसँगै कृति सेनन लिड रोलमा छन भने सञ्जयलिला भञ्साली निर्दे्शित ’बाजिराव मस्तानी’मा रणविर सिंह, दिपिका पादुकोण र प्रियंका चोपडा लिड रोलमा छन् ।
दिपिका र शाहरुखलाई पर्दामा धेरै पटक एकसाथ देखेका दर्शकले फरक फरक फिल्मको अभिनयका साथ पर्दामा आउँदा फ्यान विभाजित भएको चर्चा छ ।यी दुबै फिल्मले नेपालमा पनि शुक्रबार रिलिज भएका सबैजसो हलमा राम्रो बिजनेश गरे । नेपाली मल्टिप्लेक्समा दुबै फिल्मको बिजनेश ६० देखी ७० प्रतिशतको बीचमा छ ।

