Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

के मलिनाका लागि श्रृष्टी थ्रेट बन्न सक्छिन् ?

फिल्मीखबर, काठमाडौं, 2015/12/20

जब, एउटै  उपाधी जितेका २ सुन्दरी यो क्षेत्रमा रहन्छन् त यस्ता खालका चर्चा हुनु स्वभाविक नै हो । पूर्व मिस नेपालद्धय मलिना जोशी र श्रृष्टी श्रेष्ठ अहिले फिल्म नगरिमा छन् । फिल्म कलिउडको एक आइटम गीतमा अभिनय गरेर मलिनाले यो क्षेत्रमा पाइला हालेकी हुन् । उनले अभिनय गरेको फिल्म ‘ऋतु’ले चर्चा पाएपनि सफल भएन ।

 

यसपछि मलिना फिल्म भन्दापनि विदेशका कार्यक्रममा नै हराउन थालेकी छिन् । पूर्व मिस नेपालको चर्चा अभिनेता अनुप विक्रम शाहीसँगको प्रेमको कारण  पनि हुन्छ । हुनत, नेपाली फिल्ममा मिस नेपालको आगमन सुखद छैन । मिस नेपालको मुख्य आकर्षण फिल्म क्षेत्र नै भएपनि उनीहरु सफलतामा पुग्न सकेका छैनन् । झरना बज्रचार्यले केही चर्चा पाएपनि सफलता भने पाउन सकिनन् ।


मलिनाले पनि फिल्मी करिअर सुरु गरेकी केही बर्ष भैसक्यो । तर, उनको स्थान मिस नेपालको ताज नजितेका र सामान्य परिवारबाट यो क्षेत्रमा आएका अभिनेत्रीको जस्तो  पनि बनेको छैन । यसैले मलिनाका लागि यो दौड अझै धेरै कठिन छ ।यही विचमा हेमराज वीसी निर्देशक र अनमोल केसी स्टार रहेको फिल्म ‘गाजलु’बाट पूर्व मिस नेपाल श्रृष्टी श्रेष्ठले फिल्म क्षेत्रमा पाइला राखेकी छिन् । श्रृष्टीको आगमन धमकेदार हुने देखिएको छ ।

 

यसैले के अब पूर्व मिस नेपाल श्रृष्टी अर्की मिस नेपाल मलिनाका लागि थ्रेट बन्छिन् त ? प्रश्न सोझिनु स्वभाविक हो ।मलिनाले फिल्म करिअर गतिलो तरिकाले अगाडि बढाउन नसकिरहेको अवस्थामा श्रृष्टीको आगमनलाई लिएर चर्चा हुन थालेको छ । अहिले फिल्म क्षेत्रमा देखिएका दुई मिस नेपालका लागि को कसका लागि कती थ्रेट बन्लान् ? प्रतिक्षा गरौ ।

Most Visited News (monthly)