बलिउडमा दुई स्टार सलमान खान र शाहरुख खानको नाममा अनेकन कन्ट्रोभर्सी पैदा भईरहन्छन् । यी दुई बक्सअफिस किङको बिषयलाई लिएर दुबै पक्षधर फ्यानहरु समेत बिभाजित भईरहन्छन् ।

पछिल्लो समय भने दुबैजना सम्बन्ध सुधारको पक्षमा छन् । यो सम्बन्ध सुधारको कार्य 'बिगबोस' सेटमा पनि देखियो । सलमानले होस्ट गर्दै आएको 'बिगबोस' सेटमा शनिबार शाहरुख पुगे, जुन पल हेर्न दुबैका फ्यान निकै उत्साहित थिए ।
रोमाञ्चक कुरा त के बन्यो भने, सेटमा एकले अर्कोलाई थप्पड पनि हाने । रोमान्टिक देखिएका सलमान र शाहरुखले एकअर्कालाई प्रश्न राख्ने र नमिल्दै गर्दा थप्पड हान्ने नियम राख्दै सवाल शुरू गरे ।
शुरूमा शाहरुखलाई सलमानले दाँत नमाझी चिया खान्छन् कि नाई भनि सोध्दा उनको जवाफ गलत परेपछि शाहरुखले थप्पड खाए भने अर्को पटक सलमानले गलत जवाफ फर्काउँदा शाहरुखको थप्पड सलमानलाई पर्यो ।
'दिलवाले' रिलिजको क्रममा प्रचारको लागि 'बिगबोस' पुगेका शाहरुखले सलमानसँगको दोस्ती निकै मजबुद रहेको अनुभुती सबैलाई गराए । त्यसो त यसअघि रिलिज सलमानको फिल्मको प्रचारको लागि पनि शाहरुख जुटेका थिए ।

