आगामी सोमबार कार्की बैंकट थापाथली हाइटमा हुने ‘एलजी डि सिने अवार्ड –०७२’ मा नेपाली चलचित्र उद्योगमा क्रियाशील दुई चलचित्रकर्मीलाई छायाँछवि चलचित्रकर्मी रजत सम्मान र दुई दशकदेखि पत्रकारितामा क्रियाशील व्यक्तित्वलाई छयाँछवि चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।
रजत सम्मानबाट अभिनेत्री गौरी मल्ल र गोपाल कायस्थ सम्मानित हुने र छायाँछवि पत्रकारिता पुरस्कार डब्बु क्षेत्रीलाई प्रदान गरिने अध्यक्ष शान्तिप्रियले जानकारी गराएका छन् । विविध सांस्कृतिक कार्यक्रम सहित आयोजना गरिन लागेको उक्त कार्यक्रममा डि सिने अवार्डका विभिन्न विधामा अवार्ड प्रदान गरिँदैछ भने सो कार्यक्रमलाई हिमालय टीभी र रेडियो थाहा संचारले प्रत्यक्ष प्रसारण गर्नेछन् । डि सिने अवार्ड करिब दुई दर्जन विधामा बाँडिनेछ ।

