Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शाहरुखको ’दिलवाले’को ओपनिङ कमजोर (दुई दिने कलेक्शन सहित)

एजेन्सी, मुम्बई, 2015/12/20

निकै चर्चा र परिचर्चा गरिएको बलिउड स्टार शाहरुख खान हभिनित फिल्म ’दिलवाले’को ओपनिङ तुलनात्मक रुपमा कमजोर पाईएको छ । पहिलो विकेण्डमा १ सय करोड क्लबमा पुग्नको लागी तीन खान को अघी को पछि जस्तै प्रतिस्पर्धा हुने बलिउडमा यो पटक शाहरुख निकै पछि पर्ने देखिएका छन् । विकेण्डमा त फिल्मले ७० करोड पनि क्रस नगर्ने देखिएको छ भने अर्को तर्फ सय करोड क्लबमा पुग्न ५ दिन लाग्ने निश्चित जस्तै देखिएको छ ।


पहिलो दिन २१ करोडको बिजनेश गरेको फिल्मले दोश्रो दिन शनिबार २० करोड ९ लाखको बिजनेश गरेको छ । अहिलेसम्मको कलेक्शन ४१ करोड ९ लाख छ ।  जसअनुसार बिदा पर्ने दिन आईतबार फिल्मले मुश्किल सहित २३ करोड बिजनेश गर्दा त्यो कलेक्शन उत्कृष्ट ठहरिनसक्छ । यो हुँदै गर्दा ६५ करोडको आसपास मात्रै विकेण्ड बिजनेश हुनेछ ।जति हल्ला गरिएको थियो सो अनुसार माउथ पब्लिसिटी नभेटिएको यो फिल्मलाई ’बाजिराव मस्तानी’ पनि कडा टक्कर दिएको छ ।

शाहरुख अभिनित फिल्मले शुक्रबार र शनिबार समान व्यापार गरेपनि ‘बाजिराव’ले शुक्रबार भन्दा शनिबार ज्यादा व्यापार गरेर कालान्तरमा ‘दिलवाले’लाई उछिन्ने संकेत गरेको छ ।  यापहिलो दिन १२ करोड ८० लाख बिजनेश गरेको फिल्मले शनिबार १५ करोडको बिजनेश गरेको थियो ।  शाहरुख र काजोलसँगै बरुण धवन र कृति सोनम स्टारर ’दिलवाले’लाई रोहित सेट्ठीले निर्देशन गरेका हुन् । तर सञ्जयलिला भञ्साली निर्दे्शित ’बाजिराव’मा भने प्रियंका चोपडा, दिपिका पादुकोण, रणविर कपुर लिड रोलमा छन् ।

Most Visited News (monthly)