Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.50/5.00)
Text size:-
+
-

गीत जस्तै होला `प्रेमगीत` हिट ?

फिल्मीखबर, काठमाडौं, 2015/12/20
अहिले नेपाली फिल्मका शुभचिन्तकदेखि संगीतप्रेमी सबैको मनमुखमा गुञ्जिएको छ, 'म यस्तो गीत गाउँछु जुन प्रेमगीत बनोस्...' । माया नगरीमा राम्रै हिट भएको तथा व्यापक रुपमा मन पराईएको यो गीत फिल्म 'प्रेमगीत'को हो । 
 
प्रेम दिवस (भ्यालेन्टाईन डे)को छेकोमा प्रदर्शनमा आउने यो फिल्मलाई गीतले प्रचारमा राम्रै सँग सघाएको छ । यसले गर्दा सवाल यो छ कि गीत हिट हुँदै गर्दा फिल्म पनि हिट होला त ?
 
हो, गीत संगीत उत्कृष्ट भएकै कारण धेरै फिल्मले बिजनेशमा बाजी मारेको रेकर्ड फिल्म क्षेत्रमा छ । 'नाई नभन्नु ल'का संस्करणदेखि 'रेशम फिलिली'सम्म पछिल्ला उदाहरण हुन् । त्यसैले पनि 'प्रेमगीत'को व्यापारिक सफलताको लागि यो गीतले ठूलो अर्थ राखेको छ ।
 
त्यसो त गीत मात्र होईन, यो फिल्मको सार्वजनिक ट्रेलर तथा गीतको भिडियोमा देखिएका दृश्यले पनि तारिफ भेटिसकेको छ । जति पनि बाहिरिएका दृश्य छन् ती सबैले दर्शकको मन छोएको पाईएको छ । 
 
फिल्मलाई चुनौती भनेको मात्रै जुध्दै गरेका अन्य फिल्म हुन् । साँगीतिक रुपमा शसक्त बनेको तथा स्टारकास्ट रहेको 'क्लासिक' र अर्को उस्तै जनराको फिल्म 'चलेछ बतास सुस्तरी' 'प्रेमगीत'का लागि चुनौती हो । 
 
थप प्रचारको लागि देश दौडाहासँगै कन्सर्ट गर्ने, प्रतियोगिताहरु गर्ने, कलेज क्याम्पियन लगायतका प्रचारका अनेकन सामग्री लिएर आउँदै गरेको निर्माता सन्तोष सेन बताउँछन् । पैसा खर्च गरेर हुने कामको लागि सन्तोष सकेको अघि सर्नेछन् । सुदर्शन थापा निर्देशित फिल्ममा पूजा शर्मा र प्रदिप खड्का लिड रोलमा छन् । 
Most Visited News (monthly)