छायाँछबि क्रियशनको 'डि सिने अवार्ड २०७२' अन्तर्गत फिल्म 'नोभेम्वर रेन'ले सर्वाधिक विधामा आवार्ड जितेको छ । बर्ष २०७१ को उत्कृष्ट फिल्म ठहरिएको फिल्मले उत्कृष्ट निर्देशकदेखि अभिनेता, अभिनेत्री लगायत आठ विधामा अवार्ड हात पार्यो ।
.jpg)

'नोभेम्वर रेन'बाट आर्यन सिग्देल उत्कृष्ट अभिनेता बन्दा सोही फिल्मबाट नम्रता श्रेष्ठ उत्कृष्ट अभिनेत्री, दिनेश राउत उत्कृष्ट निर्देशक, छुल्ठिम गुरुङ उत्कृष्ट सह-अभिनेत्री, सामिप्यराज तिमिल्सिना उत्कृष्ट संवाद, राजेश श्रेष्ठ उत्कृष्ट छायाँकार र युवराज चौलागाईंले उत्कृष्ट गायकको अवार्ड जिते ।
त्यस्तै फिल्म 'वल्र्ड कप ईन नेपाल'बाट रामशरण पाठकले उत्कृष्ट कथाकारको अवार्ड पाउँदा 'कबड्डी'बाट रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले उत्कृष्ट पटकथामा अवार्ड पाए । गजित बिष्टले उत्कृष्ट सह-अभिनेताको अवार्ड पाउँदा सुदर्शन थापाले नवअभिनेताको अवार्ड हात पारे । त्यस्तै क्रिटिक्स अवार्ड अन्तर्गत अभिनेताको अवार्ड दयाहाङ राई र अभिनेत्रीको अवार्ड प्रियंका कार्कीलाई प्रदान गरियो भने जुरी अवार्ड फिल्म 'भिमदत्त'ले पायो ।


'सुनपानी'ले विशेष फिल्मको अवार्ड पाउँदा पब्लिक च्वाईश अवार्ड 'कोहिनुर'लाई प्रदान गरियो । सविन श्रेष्ठले प्रोत्साहन अवार्ड पाए । बबरमहल स्थित एक पार्टी प्यालेसमा करिब चार घण्टा चलेको अवार्ड समारोहमा फिल्म क्षेत्रका गन्यमान्य व्यक्तित्वहरुको उपस्थिती थियो ।
अवार्ड समारोहमा अवार्डको भन्दा बढी फिल्म प्रचार कार्यक्रम बनेको समारोहमा रिलिजको क्रममा रहेका निर्माता निर्देशकदेखि कलाकारसम्मले आफ्नो फिल्म हेर्न आग्रह गर्दै विज्ञापनमा बढी समय खर्चे ।
दुई फिल्मकर्मी सहित पत्रकारलाई छायाँछबि सम्मान र पुरस्कार
यसैबीच अवार्ड समारोहमा फिल्मकर्ममा उल्लेख्य योगदान दिएका वितरक तथा निर्माता गोपाल कायस्थसँगै पुरानी अभिनेत्री गौरी मल्ललाई दोसल्ला तथा प्रमाणपत्र सहित ’छायाँछवि फिल्मकर्मी रजत सम्मान’ प्रदान गरियो भने फिल्म पत्रकार डब्बु क्षेत्रीलाई ’छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’ बाट ७ हजार ७ सय ७७ रुपैयाँ राशी सहितको पुरस्कार प्रदान गरियो ।
अवार्ड बिजेताहरुः
उत्कृष्ट एनिमेशन/ग्राफिक्स: अच्यूत गजुरेल-भीमदत्त
उत्कृष्ट श्रृंगार: अमृत मरहठ्ठा- टलकजंग भर्सेज टुल्के
उत्कृष्ट ध्वनी मिश्रण: उत्तम न्यौपाने –कबड्डी
उत्कृष्ट पाश्व संगित: एलिस कार्की - सेतो बाघ
उत्कृष्ट दन्द निर्देशक: चन्द्र पन्त – हबल्दार सुन्तली
उत्कृष्ट नृत्य निर्देशक: गम्भिर विष्ट – लभ यू बाबा
उत्कृष्ट गीतकार: कृष्णहरि बराल – कोहिनुर (के म तिम्रो होइन र)
उत्कृष्ट गायिका: साहिमा श्रेष्ठ – हबल्दार सुन्तली
उत्कृष्ट गायक: युवराज चौलागाईं – नोभेम्बर रे (तिमीलाई)
उत्कृष्ट संगीतकार: अर्जुन पोखरेल – स्टुपिड मन (तिम्रो आँखामा)
उत्कृष्ट बालकलाकार: संगम विष्ट- लभ यू बाबा
उत्कृष्ट नव नायिका: शिल्पा पोखरेल – लज्जा
उत्कृष्ट नव नायक: सुदर्शन थापा – अझै पनि
उत्कृष्ट नव निर्देशक: मुस्कान ढकाल – नाईं नभन्नू ल ३
उत्कृष्ट खलपात्र: अनुप विक्रम शाही – हँसिया
उत्कृष्ट चरित्र अभिनेता: सबिन बास्तोला – सुनपानी
उत्कृष्ट चरित्र अभिनेत्री: सूर्यमाला खनाल- सुन्तली
उत्कृष्ट सह अभिनेत्री: छुल्ठिम गुरुङ् – नोभेम्बर रेन
उत्कृष्ट सह अभिनेता: गजित विष्ट – पुनर्जन्म
उत्कृष्ट कथा: रामशरण पाठक– वर्ल्ड कप इन नेपाल
उत्कृष्ट पटकथा: रामबाबु गुरुङ्, उपेन्द्र सुब्बा (कबड्डी
उत्कृष्ट सम्पादन: राजु भण्डारी – वर्ल्ड कप इन नेपाल
उत्कृष्ट संवाद सामीप्यराज तिमल्सेना– नोभेम्बर रेन
उत्कृष्ट छाँयाकार: राजेश श्रेष्ठ-नोभेम्बर रेन
उत्कृष्ट अभिनेत्री: नम्रता श्रेष्ठ– नोभेम्बर रेन
उत्कृष्ट अभिनेता: आर्यन सिग्देल – नोभेम्बर रे
उत्कृष्ट निर्देशक: दिनेश राउत– नोभेम्बर रेन
उत्कृष्ट फिल्म: नोभेम्बर रेन
विशेष अवार्ड:
जुरी अवार्ड: रामबाबु गुरुङ (निर्देशक) – कबड्डी
क्रिटिक्स अवार्ड अभिनेता: दयाहाङ् राई - कबड्डी
क्रिटिक्स अवार्ड अभिनेत्री: प्रियंका कार्की - सुन्तली
क्रिटिक्स अवार्ड फिल्म : भीमदत्त
विशेष फिल्म: सुनपानी
पब्लिक च्वाइस: कोहिनुर
प्रोत्सहान अवार्ड: सविन श्रेष्ठ – हब्लदार सुन्तली

