पछिल्लो समय अभिनेता गजित बिष्ट चर्चैचर्चामा छन् । कहिले छोराको गिनिज रेकर्डले होस, कहिले कलाकार संघको चुनाब । फिल्ममा पनि उत्तिकै देखिने गजित गत बर्ष रिलिज ’पुनर्जन्म’ फिल्म पश्चात पहिलो पटक पर्दामा आउँदैछन् फिल्म ’धौली’मार्फत । यो फिल्ममा गजितले अभिनेत्री अनु शाहसँग अनस्कृन रोमान्स गरेका छन् ।
अनु फिल्मभन्दा पनि बढी म्युजिक भिडियोमा ब्यस्त हुने अभिनेत्रीमा पर्छिन् । त्यसो त ठुलोपर्दामा गजित र अनु पहिलो पटक स्क्रिन सेयर गर्दैछन् । यसअघि एक फिल्मको गीतमा अभिनय गरेका यी दुई जना पर्दामा एकसाथ आउँदै गर्दा दर्शकको नजरमा पर्छन या पर्दैनन् त्यो हेर्न बाँकी छ । फिल्ममा पहिलो पटक भएपनि म्युजिक भिडियोमा भने यो जोडी जमिरहेको हुन्छ, केहि दिन पहिले सार्वजनिक एक भिडियोमा पनि यो जोडी देखिएको थियो ।
’धौली’लाई निर्माण टिमले मौलिक नेपाली फिल्म भनेको छ । प्रचार प्रसार मन्द गतिमा चलिरहेको फिल्म पौष १० मा रिलिज हुँदैछ । पोखरेली निर्माताको यो फिल्म केहि समयको अन्तरालपछि पर्दामा आउँदै गरेका गजित र उनीसँगै अपोजिशनमा देखिएका अनुको लागी केहि विशेष हुनसक्छ । फिल्ममा गजित र अनुसँगै गीता अधिकारी पनि लिड रोलमा छिन् ।
अनुको पछिल्लो फिल्म ’भैरव’ हिट लिस्टमा परेपनि त्यसको क्रेडिट निखिल उप्रेतिको पोल्टामा जाँदा दर्शकमाझ लोकप्रिय पात्र बन्न उनले पनि अझै स्ट्रगल नै गर्नुपर्ने देखिन्छ । हेरौं गजितसँग रोमान्स गर्दा अनु हिट हुन्छिन् कि नाईं अनि गजित र अनुको जोडी जम्छ कि नाईं !

