Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

`शकुन्तला`मा हमालको भूमिका महिला पात्र !

फिल्मीखबर, काठमाडौं, 2015/12/21
राजेश हमाल महिला पात्रको भूमिकामा देखिँदा के होला ? अनुमान लगाउन पनि गार्हो हुनसक्छ । हो, सोमबार निर्माण घोषणा गरिएको महिला प्रधान भनिएको फिल्म 'शकुन्तला'मा हमालले पात्रको बारेमा उत्सुकतपूर्ण तर्क गरे । 
 
हमाले 'शकुन्तला' नामको पात्र आफू पनि हुनसक्ने अर्को पुरुष कलाकार पनि हुनसक्ने तथा अन्य महिला पात्र पनि हुनसक्ने आशय व्यक्त गरे ।  अभिनेत्री अनु शाहले आफु रिपोर्टरको भुमिकामा देखिन लागेको कुरा खुलाएपछि यो फिल्मको महिला पात्र 'शकुन्तला'को बारेमा जिज्ञासा उब्जिएको छ । 
 
यो बारेमा नत निर्देशक बोले नत अन्य कलाकार नै । दिनेश श्रेष्ठले निर्देशन गर्ने फिल्ममा हमाल र अनुसँगै रबि गिरी, किशोर खतिवडा, प्रदिप ढकाल लगायतको मुख्य अभिनय रहने छ । 
 
अर्जुन पोखरेलको संगीत रहने फिल्ममा लगानी महेश्वर खत्री र श्रीपसा खत्रीको रहनेछ भने लेखन तथा छायाँकन निर्देशक श्रेष्ठ स्वयंमको रहनेछ । माईकल चन्दको नृत्य रहने फिल्ममा द्वन्द्व अष्ट महर्जनको रहने बताईएको छ । फिल्मको खास विषयबस्तु र पात्रको भुमिका गोप्य राखिएको छ । 
Most Visited News (monthly)