Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`नोभेम्वर रेन`की डल्लीको कमब्याक !

फिल्मीखबर, काठमाडौं, 2015/12/21
गत बर्ष रिलिज फिल्म 'नोभम्वर रेन'बाट नेपाली फिल्ममा नयाँ अनुहारको आगमन भयो । फिल्म हिट भयो । त्यो नयाँ अनुहारले निभाएको 'डल्ली' नामको पात्र पनि हिट भयो । 'डल्ली'को अभिनयको तारिफ पनि धेरैले गरे ।
 
 
उनै 'डल्ली' बनेकी नव अभिनेत्री छुल्ठिम गुरुङले उक्त फिल्मको राम्रो तारिफपछि पनि फिल्म नखेल्ने बोलिन् । उनको पात्र दोहिरिएला भनेका फ्यानहरुले निशारा झेले । उनले अहिले आएर बोली फेरेकी छिन् । छुल्ठिमले पर्दामा पुनरागमन गर्ने संकेत गरेकी छिन् ।
 
राजधानीमा सोमबार सम्पन्न एक अवार्ड समारोहमा नव अभिनेत्रीको अवार्ड उचालेपछि उनले सटेजबाटै 'डल्ली विल ब्याक अन २०१६' बोलिन् । उनका नजिकका शुभचिन्तकहरूले ताली पनि ठोके । त्यसपश्चात उनले फिल्मीखबरसँग कुरा गर्दै यही बर्ष आएको विनाशकारी भूकम्पले आफ्नो मन परिवर्तन गरिदिएको तर्क गरिन् । 
 
छुल्ठिमले मनोरञ्जन दुनियाँमा पनि धेरै सम्भावना रहेको भन्दै अबको एक बर्ष भित्रमा नै नयाँ गेटअप र कहि फरक परिवेश बोकेको पात्रसहित दर्शकमाझ आउने बताईन् । 
 
त्यसो त फिल्म खेल्दिन भन्ने तर्क दिँदै पछि अभिनयमा आउनेहरुको भिडमा छुल्ठिम एक्ली भने होईनन् । पूर्व मिस नेपाल मलिना जोशीदेखि सृष्टी श्रेष्ठ लगायत अन्य सौन्दर्य प्रतियोगिताका बिजेता तथा फिल्म क्षेत्रसँग नाम जोडिएर पनि अभिनयमा नआएका केहि व्यक्तिहरुले यस्तै तर्क गरेपनि अन्तिममा फिल्म क्षेत्रमा नै करियर खोज्दै आएका धेरै उदाहरण छन् ।
Most Visited News (monthly)