फ्राईडे रिलिज अन्तर्गत यो शुक्रबार तीन नेपाली फिल्म एकसाथ प्रदर्शनमा आएका छन् । दुई फिल्म ‘आधा पेज’ र ‘टिष्टापारिको साईनो’ देशभर प्रदर्शनमा आए भने ‘धौली’ मोफसलमा रिलिज भएको छ । तीन वटै फिल्म फरक जनराका भनिएपनि अन्तिममा सबैको जोडिने विषय भनेको प्रेम नै छ ।
’आधा पेज’लाई समुन्द्र भट्टले निर्देशन गरेका हुन् । फिल्ममा लिला न्यौपानेको लगानी छ । किशोर किशोरीको प्रेम कथा बोल्ने यो फिल्ममा सलोन बस्नेत, रुपक न्यौपाने, रिस्ता बस्नेत, दिपक क्षेत्री लगायत अभिनयमा छन् । भने ’धौली’लाई टिपिकल नेपालीपना बोकेको फिल्म मानिएको छ । पोखरेलि निर्माताको यो फिल्मलाई धनश्याम लामिछानेले निर्देशन गरेका हुन् । फिल्ममा गजित बिष्ट, अनु शाह, बिष्णु गौतम र गीता अधिकारी लिड रोलमा छन् ।
त्यस्तै दुई गुरुङ समुदायको प्रेमकथा बोल्ने ’टिष्टषपारिको साईनो’ मुख्यतः गुरुङ जातिकै परम्परा तथा संस्कृति वेस मानिएको छ । यो फिल्मलाई खिलाबहादुर गुरुङले निर्देशन गरेका हुन् । बैशाखमा गएको फिल्मलाई भूकम्पको केन्द्रविन्दु गोरखा जिल्लाको बारपाकमा खिचिएको हो ।

