Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 4.20/5.00)
Text size:-
+
-

फस्ट लुक : यस्तो देखियो भुवन र अनमोलको ‘ड्रिम्स’

फिल्मीखबर, काठमाडौं, 2015/12/25

सदाबहार अभिनेता भुवन केसीको डेब्यु निर्देशन रहेको फिल्म ‘ड्रिम्स’को फस्ट लुक सार्वजनिक गरिएको छ । क्रिसमस डेको अवसर पारेर निर्देशक भुवनले फिल्मीखबर डटकम मार्फत् फिल्मको पोस्टर सार्वजनिक गरेका हुन् ।

 


सार्वजनिक पोस्टरमा फिल्मका मुख्य लिड अनमोल केसी र साम्राज्ञी राज्य लक्ष्मी शाह फिचरिङ छन् । ३० वर्षे फिल्मी यात्रामा भुवनले पहिलो पल्ट आफ्नै छोरा अनमोल केसीलाई लिएर आफ्नै ब्यानर काजल फिल्मस् मार्फत् ‘ड्रिम्स’को निर्देशन गरेका हुन् । जसमा यसअघि दुई फिल्म निर्देशन गरिसकेका दिवाकर भट्टराईले फिल्मको एसोसिएट निर्देशकको रुपमा काम गरेका छन्  । फिल्मको पोस्टरले नै फिल्म लभस्टोरी रहेको जनाऊ दिएको छ ।


भुवनले यसअघि काजल फिल्मस्को ब्यानरबाटै करोडपति, नेपाली बाबु, म तिमी बिना मरिहाल्छु जस्ता सुपरहिट फिल्म निर्माण गरिसकेका छन् । सर्वाधिक सफल निर्माताको परिचय बनाएका भुवन केसी र नयाँ पुस्तामा सर्वाधिक रुचाइएका अनमोल केसीको सहकार्य रहेको यो फिल्मलाई धेरैले चासोका साथ हेरेका छन् । त्यसैले पनि निर्देशक भुवनले निर्देशनमा आफ्नो डेब्यु सार्थक बनाउने हिसाबले ‘ड्रिम्स’को निर्देशन गरेको बताएका छन् ।


‘३० वर्षे मेरो फिल्मी यात्राको अनुभव र अनमोलको भविष्यलाई ध्यानमा राखेर फिल्म बनाएका छौं । दर्शकको अपेक्षा खेर जान्न,’ भुवनले भने । फिल्म आउँदो फागुन २१ मा देशव्यापी रिलिज हुँदैछ । फिल्ममा साम्राज्ञीराज्य लक्ष्मी शाह र सन्ध्या केसीले डेब्यु गर्दैछन् । फिल्ममा सामीप्यराज तिमल्सेनाको पटकथा, पुरुषोत्तम प्रधान र सन्जय लामाको छायांकन, हरकुलिश बस्नेत र विशेष पाण्डेको संगीत, बनिश शाह र मिलन श्रेष्ठको सम्पादन ,उत्तम न्यौपानेको साउण्ड डिजाइन रहेको छ । फिल्ममा चन्द्र पन्तको द्धन्द्ध, कविराज गहतराजको नृत्य र साहिल खानको ट्रेलर रहेको छ ।

 

Most Visited News (monthly)