Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.50/5.00)
Text size:-
+
-

रिभर साईडमा पुजा, ’प्रेम गीत’को नयाँ गीत (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2015/12/25

भ्यालेन्टाईन रिलिज फिल्म ’प्रेम गीत’को नयाँ गीत रिलिज भएको छ । ’जब पुग्छु रिभर साईड’ बोलको गीतमा अभिनेत्री पुजा शर्माले दर्जनौं कोरससँग नृत्य गरेकी छिन् । स्विमिङ पुलमा खिचिएका भिडियोमा समावेश दृश्यहरु मनमोहक छन् ।

रेनशा राईले कोरियोग्राफी गरेको उक्त गीतका शब्द पनि उस्तै मनमा बसिहाल्ने छन् । डान्सिङ गीत दर्शकले मन पराउने अपेक्षा निर्माण युनिटले राखेको छ । प्रचार प्रसारको क्रममा पुर्वी नेपाल पुगेका निर्माता सन्तोष सेनले प्रचारलाई ब्यापकता दिन हरेक हप्ता नयाँ कोशेली दर्शकमाझ ल्याउने तयारी स्वरुप गीत रिलिज गरिएको बताए । अघिल्लो हप्ता सार्वजनिक ट्रेलर हिट बनिसकेको छ भने यसअघी सार्वजनिक टाईटल गीत अहिले हरेकजसो फिल्मी शुभचिन्तक तथा संगीतप्रेमीको मुखमा गुञ्जिएको पाईन्छ ।

गीतमा शब्द तथा संगीत अर्जुन पोखरेलको छ भने स्वर सुवानी मोक्तानको छ । चर्चित संगीतकार पोखरेलको यो गीतको संगीत पनि तारिफयोग्य छ । संयज लामाले खिचेको फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । ’प्रेम गीत’मा पुजासँगै प्रदिप खड्का लिड रोलमा छन् । फिल्म माघ २९ मा रिलिज हुँदैछ ।

 

Most Visited News (monthly)