अभिनेता रेश मरहठ्ठाले बलिउड फिल्म खेलेका छन् । गुपचुप रुपमा छायाँकन सकाईएको ’नेशनल ट्रेजरः द व्लड रन’बाट उनले वलिउडमा डेब्यु गरेका हुन् । नेपालमा पनि केहि दृश्य छायाँकन गरिएको यो फिल्मको जानकारी यसअघि मिडियामाझ गराईएको थिएन् ।
बलिउड सुपरस्टार सलमान खान अभिनित ’वीर’सँगै ’अपने’ र ’गदार’ जस्ता फिल्म निर्माण कम्पनी सांकेतनले यो फिल्म बनाएको हो । फिल्मलाई अमेरिका, स्विडेन तथा वेलायतमा पनि खिचिएको छ । संजय शर्माले निर्देशन गरेको यो फिल्म २०१६ मा रिलिज हुने संकेत रेशले गरे ।
एक्शन जनराको यो फिल्ममा रेश लिड रोलमा छन् । प्राप्त तस्विरमा रेश बलिउड एक्शनमा फिट देखिएका छन् । निर्देशक तथा निर्माण कम्पनिले कुनै कुरा बाहिर नल्याउन गरेको आग्रह बमोजिम आजसम्म सबै कुरा गोप्य राखेको रेशले बताए । उनले सोही व्यानरमा लगातार अन्त तीन फिल्म पनि गर्ने कुराकानी भईरहेको बताए ।

